एनसेलको नयाँ डेटा अफर




काठमाडौं । एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामकदुई आकर्षक सेवा ल्याएको छ ।

एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामापनि ५ रुपैयाँ प्रतिएमबी शुल्कमा डेटाको चलाउन सक्ने छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्दछ ।

यो सेवा आजै देखि लागु हुने छ । यस योजना अन्तर्गत ग्राहकले कर सहित रु. १५०० मा २५० एमबी डेटा र ५ हजारमा र १ जीबी डेटा खरिद गर्न सक्नेछन् ।

त्यसैगरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटा चलाउन सक्नेछन् ।
यो योजना भारत, चिन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढि देशमालागु हुनेछ ।

त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागु हुनेछ ।


क्लिकमान्डु