न्यूरोडमा १३ पुसदेखि साताभर बृहत मोबाइल एक्स्पो हुने




काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न मोबाइल संघहरुले एक आपसमा एकिकरण गरेर नेपाल मोबाइल व्यवसायी संघ गठन गरेका छन् ।

नेपालकै सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई समेटिएको नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो  र पुरानो संस्था हो । यस संघमा हाल ५ सयभन्दा बढि मोबाइल बिक्रेताहरु आबद्ध छन् ।

संघका संयोजक पुरुषोत्तम बस्नेतले नेपालभरका मोबाइल आयातकर्ताहरु, बितरकहरु तथा रिटेलरहरु संघमा समेटेर महासंघ गठन गर्ने र संघले मोबाइल व्यवसायलाई वृद्धि तथा प्रबद्र्धन गर्न विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिए ।

‘हाल हामी सबैलाई समेटेर नेपालको सबैभन्दा पुरानो तथा स्थापित बजारमा अन्तराष्ट्रियस्तरको मोबाइल महोत्सव गर्दैछौं,’ बस्नेतले भने ।

नेपाल मोबाइल व्यवसायी संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रहरुमा मोबाइल महोत्सव आयोजना गर्ने भएको छ ।

डिसेम्बर २८ तारिख अर्थात पुस १३ गतेदेखि जनवरी ४ तारिख अर्थात पुस १९ गतेसम्म बृहतरुपको मोबाइल महोत्सव आयोजना हुनेछ । यसमा ग्राहकहरुले समान मुल्यमा सिल प्याक गरिएका गुणस्तरीय उत्पादनहरु प्राप्त गर्ने सिटिसी मोबाइल बजारका अध्यक्ष संदिप मानन्धरले जानकारी दिए ।

महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरुमा फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिनेछ भने हरेक मोबाइलको खरिदमा विशेष छुट दिईने अयोजकले जानकारी दिएको छ ।


क्लिकमान्डु