स्ट्यालिस इलेक्ट्रिक स्कार्फ, जोडोमा तातो र गर्मीमा चिसोको अनुभूति



electic_scarf
काठमाडौं । नेपलमा जोडो मौसमको सुरुवात भइसकेको छ । कठ्याङ्ग्रिदो जाडो र चिसो हाबाबाट बच्नका लागि घाटीमा स्कार्फ  बाँध्न सुरु भइसकेको छ । तर कसै–कसैलाई स्कार्फ बाँध्न झन्झटिलो लाग्ने गर्छ । अब चिन्ता लिनु नपर्ने भएको छ किन भने बजारमा स्ट्यालिस इलेक्ट्रिक स्कार्फ आएको छ ।

पर्सनल एसी

यो लगाउन मिल्ने पर्सन एसी अर्थात कुलिङ्ग र हिटिङ्ग डिभाइस हो । कम्पनीले यसलाई नेक साइजको एर्गोमिक डिजाइनमा बनाएको छ, जसको मद्दतले प्रयोगकर्ता आफ्नो नाप अनुसार प्रयोग गर्न सक्छन् ।

यसमा अर्को खास विशेषता भनेको कुनै पनि वातावरणमा प्रयोग गर्न सकिन्छ । यसको तौल हल्का हुनुका साथै जाडोमा तातो र गर्मीमा चिसोको अनुभुति प्रधान गर्छ ।

प्रयोग गर्न सजिलो

इलेक्ट्रिक स्कार्फमा ओटोमेटिक सेफ्टी शट अफ डिभाइस रहेका कारण धेरै तातो र चिसोलाई रोक्छ । यसमा चिसो लाग्ने र पोल्ने जस्तो कुनै पनि समस्या हुदैन । डोयल कम्पनीको यस इलेक्ट्रिक स्कार्फ वातावरणका अनुसार तापक्रमलाई नियन्त्रण गर्छ, जसका कारण यसलाई लगाएर आफ्नो दैनिकी गर्न सकिन्छ ।


क्लिकमान्डु