एकै व्यक्तिले चोरे ५७ सय आइफोन



iphonec-8

काठमाडौ । ताइवानिज अधिकारीहरुले फक्सकन कम्पनीका पूर्व उच्च अधिकृतलाई ५७ सय आइफोन चोरेको आरोप लगाएका छन् ।

‘साई’ नाम गरेका ताइवानी म्यानेजरले ती आइफोन फक्सन कम्पनीको फोन जाँच विभागबाट तस्करी गरेको बताइएको छ ।

फक्सन संसारको सबैभन्दा ठूलो ‘एसेम्बलर’ कम्पनी हो । यसले एप्पलका साथै सोनीलगायत थप्रै कम्पनी फोन र अरु समानहरु ‘एसेम्बल’ गर्ने गर्छ ।

अधिकारीहरुका अनुसार साई र आठ कर्मचारीको सहयोगमा उक्त काम गरेका थिए । यसरी चोरेको ५ र ५ एस आइफोन २०१३÷१४ मा बिक्री गरिएको थियो । साईलाई बढीमा १० वर्ष जेल सजाय हुन सक्छ ।


क्लिकमान्डु