अब सेल्फि खिचेरै पैसा तिर्न सकिने !



selfie
काठमाडौं । मास्टरकार्डले ब्राजिल र मेक्सिकोमा बायोमेट्रिक प्रणालीको माध्यमबाट कारोबार प्रमाणीक गर्न सकिने प्रबिधिको सुरुवात गरेको छ ।

यो प्रविधिमा ग्राहकहरुले औंठाछाप वा सेल्फीको माध्यमबाट आफ्नो कारोबार प्रमाणित गर्न सक्नेछन् ।

ल्याटिन अमेरिका पश्चात् यो प्रविधि अमेरिका, बेलायतलगायत १४ देशमा समेत सुरु हुने छ । कम्पनीकाअनुसार यो प्रविधि पश्चात् ग्राहकले पासवर्ड वा पिन नम्बर सम्झने झन्झटबाट मुक्ति पाउने छन् ।


क्लिकमान्डु