सामसुङले ५० प्रतिशत लाभांश बाँड्ने



काठमाडौं । सामसुङ इलेक्ट्रिोनिक्सले २०१६samsung-galaxy-s8-qualcomm-snapdragon-835-chip-734065/१७ को लागि स्वतन्त्र नगद प्रवाहको ५० प्रतिशत रकम शेयर धनीहरुलाई लाभाशंको रुपमा वितरण गर्ने भएको छ ।

कम्पनीका अनुसार यो वर्ष करिब ४ खर्ब बोनस लाभाशंको रुपमा बाँडिने छ, जुन गत वर्षको तुलनामा ३० प्रतिशत बढी हो । अर्को वर्षदेखि भने सामसुङले त्रैमासिक रुपमा लाभांश वितरण गर्ने छ ।

स्वतन्त्र रकम प्रवाहको बाँकी रकम र ८ सय अर्ब बोनस भने आगामी वर्षको जनवरीको अन्तमा फेरि सेयर खरिद गर्नको लागि प्रयोग गरिने छ । यसरी किनेको शेयर पछि रद्ध गरिने छन् ।

सामसुङको ५० प्रतिशत भन्दा बढी शेयर विदेशी संघ संस्थासँग रहेको छ । उनीहरुले सामसुङलाई लाभाशं वद्धिको लागि निरन्तर दबाब दिएका थिए ।
सामसुङले कर्पोरेट संरचना समेत हेरफेर गर्ने संकेत दिएको छ । सामसुङ समूहको हाल जटिल क्रस शेयर संरचना (एक सार्वजनिक शेयर निस्कासन गरेको कम्पनीको शेयर स्वामित्व ग्रहण गरेको अवस्था) भएको कारण पारदर्शिता, लगाएतका मुद्दा उठिरहेका छन् ।


क्लिकमान्डु