एप्पलले एड्स बिरुद्ध लड्ने



apple

काठमाडौं । आगामी हप्ता कम्पनीले एप्पल पे को माध्यमबाट कारोबार हुने उत्पादनहरुमा प्रतिकारोबार १ डलरको हिसाबले १० लाख डलरमा नबढ्ने गरि सहयोग गर्ने बताइएको छ ।

बैंक अफ अमेरिकाले पनि उसको कार्डमार्फत गरिने एप्पल पे बारोबारमा सोही बराबर रकम सहयोग गर्ने छ ।

अहिले पनि धेरै मानिसहरु एड्सका कारण मरिरहेका छन् र धेरै बच्चाहरु एच. आई.भि संक्रमित भई जन्मिरहेका छन् । त्यसैले आफुहरु यस प्रकारको सहयोगको लागि सँधै प्रतिबद्ध भएको एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले बताए ।

टिमका अनुसार यूएसले एचआईभी सहित जन्मने बच्चाहरुको संख्या हाल ४ सय प्रतिदिनबाट सन् २०२० सम्म शुन्यमा र्झन सक्ने अनुमान गरेको छ ।


क्लिकमान्डु