होस गर्नुहोस् तपाईँको हेडफोन पनि ह्याक हुनसक्छ



head_phones

काठमाडौं । कम्प्यूटर, मोबाइलफोन, वेब साइडहरु ह्याक भएको त देख्नुभएकै होला । तर हालैमात्र हेडफोन पनि ह्याक हुने तथ्य पत्ता लागेको छ ।

वायर्डको एक रिपोर्टअनुसार इजरायली अनुसन्धानले हेडफोन ह्याकिङ हुने कुराको खुलासा गरेको छ । यो कसरी संभब छ भने कुनै ह्याकिङ सफ्टवयरको सहयोगले हेडफोनलाई माक्रोफोनमा परिवर्तन गर्ने र हेडफोनमा भएको कुराकानी रेकर्ड हुन थाल्छ ।

इजरायलको बेन ग्यूरियन युनिभर्सिटीले तयार पारेको रिपोर्टमा हेडफोन कसरी ह्याक हुन्छ भन्ने उल्लेख गरिएको छ ।
ह्याकरले अडियोको रेकर्ड गर्नका वा कुराकानी सुनका लागि हेडफोन ह्याक गर्ने गरेका छन् । यसमा सबैभन्दा अचम्मको कुरा भनेको ह्याकरले चाहेको खण्डमा हेडफोन कम्प्यूटरमा नजोडे पनि ह्याकरले कोठामा भएको पूरा कुराकानी सुन्न सक्छन् ।

अडियो ह्याक गर्नका लागि ह्याकरले ह्याकिङ सफ्टवयरको मद्दतले स्पिकरलाई माइक्रोफोनमा परिवर्तन गर्छन र सजिलै अडियो ह्याक हुन्छ । यसको मद्दतले कम्तिमा एउट कोठामा भएको पूरै कुराकानी सुन्न सकिन्छ ।

रिसर्जका अनुसार हेडफोन ह्याकका लागि कम्प्यूटरको अडियो कोडेट चिप्स रियल्टेक अडियोको ह्याक गर्नुपर्ने हुन्छ । एक पल्ट अडियो चिप्स ह्याक भएमा इनपुट र आउटपुटलाई स्विच गरिन्छ र यसले इनपुट डिभाइसको रुपमा काम गर्न थाल्छ ।

यदि तपाईको हेडफोनमा इन्बिल्ट माइक्रोफोन छ भने ह्याकरको काम धेरै सजिलो हुन जान्छ ।


क्लिकमान्डु