गुगलका चार विशेष सेवा बन्द, के तपाईलाई जानकारी छ ?



google-headquartersकाठमाडौं । गुगलको आगमनले इन्टरनेट प्रयोगकर्ताहरुको दैनिकी एकदमै सजिलो भइरहेको छ । इन्टरनेट प्रयोगकर्ताहरु र गुगुलको सम्बन्ध भनेको नङ र मासुजति कै गाडा छ । इन्टरनेट प्रयोगकर्तालाई समस्या परेमा सबै भन्दा नजिकको भित्र हो गुगुल । गुगुल पनि एक असल मित्रको रुपमा सहयोगका लागि हमेसा तत्पर रहेको हुन्छ । हो, त्यही गुगलले आफूले दिने विशेष चार सर्भिस बन्द गरेको छ, त्यस बारे तपाईलाई जानकारी छ ।

गुगल कम्पेर

गुगलले यो सेवा २००५ देखि सूरु गरेको थियो । गुगल कम्पेर माफ्त प्रयोगकर्ताहरुले कुनै पनि चिजको जानकारी दोश्रो चिजसँग कम्पेर गर्न सक्थे । जस्तै बीमा, अटो, रुम प्राइज आदि । गुगलले अहिले यो सेवा बन्द गरेको छ ।

गगुगल ह्यागआउट

गगुगल ह्यागआउट अन एअर गुगल ह्याङ्आउट अन एयर यो सेवा पनि गुगले यसै वर्षबाट बन्द गरेको छ । अब ह्यागआउटको ठाउँमा लाइभका लागि यूट्यूवको प्रयोग गर्नू पर्ने हुन्छ ।

गुगल नेक्सस

हालका दिनमा बन्द गरिएको गुगलको तेश्रो सेवा नेक्सस स्मार्ट फोन । नेक्सस स्मार्ट फोन निर्माणको सुरुवात गुगलले २०१० बाट गरेको थियो । गुगगले नेक्ससलाई बन्द गरेर पिक्सल फोन निर्माण गरेको छ । अहिले पिक्सल र पिक्सल एक्सल नामको दुई फोन गुगलले बजारमा ल्याएको छ ।

गुगल पिकासा

फोटो एडिटिङ लगाएत धेरै प्रकारको सेवा दिँदै आएको गुगल पिकासा यसै वर्षबाट बन्द गरेको चौथो सेवा हो । गुगलले पिकासामा दिँदै आएको फिचर अब गुगल फोटोमा दिने बताएको छ ।


क्लिकमान्डु