आइफोनको लेटेस्ट संस्करणले एप्पलको शाख बचायो



iphone

काठमाडौं । पछिल्लो संस्करण आइफोन ७ र ७ प्लसले संसारमा एप्पलको साखलाई बचायो । यसका प्रयोगकर्ताहरुले नयाँ स्वाद पाए ।

म्याकरुर्मस डटकमकाअनुसार आइफोन ८ मा होम बटम राखिएको हुने छैन । यसमा टच आइडि र क्यामेरा बटम सिधै डिस्प्लेमा राखिएको हुने छ । यसमा जडान भएको डिस्प्ले ओएलइडी रहने छ । जुन सामसुङको उत्पादन हो ।

एप्पलले आफ्नो नयाँ उत्पादनको नाम आइफोन ८ र आइफोन ८ प्लस नै राख्नसक्ने अनुमान गरिएको छ ।

जानकारहरुका अनुसार उसले अहिले प्रयोग भइरहेको आलमुनीयम बढिलाई परिर्वतन गरी आइफोन ४ मा प्रयोग भएको ग्लास ब्याक्ड बढी प्रयोगर्ने सम्भावना रहेको छ ।


क्लिकमान्डु