एक लाख ३४ हजार अमेरिकी नेभि चालकको ब्यगक्तिगत बिबरण ह्याक



navi

काठमाडौं । एक लाख ३४ हजार ३ सय ८६ जना अमेरीकी नेभि चालकहरुको सामाजिक सुरक्षालगायत अन्य संवेदनशील सुचनाहरु ह्याक भएको छ ।

नेभिका अनुसार उसको एक सेवा प्रदायकको ल्यापटपबाट यी सुचनाहरु चुवावट भएको हो । सो सेवा प्रदायकले उक्त घटनाको बारे नेभिलाई अक्टुबर २७ मा जानकारी गराएको थियो ।

यो कुरा पिडीत चालकहरुलाई अहिलेसम्म जानकारी गराइएको छैन । उनीहरुलाई आगामी हप्ता जानकारी गराउने नेभिले जनाएको छ ।

आज नेभिले एक बिज्ञप्ती प्रकाशित गरी उक्त घटनाप्रति आफूहरु निकै गम्भीर भएको र यो बिषयले चालकहरुको बिश्वासमा समेत ठेस पुग्नेहुँदा यस बिषयमा गम्भीर अनुसन्धान भइरहेको जनाएको छ । रोयटर्सबाट


क्लिकमान्डु