न्युरोडमा लाभा मोवाइलको एक्सक्लुसिभ शोरुम



lava-mobile-showroom
काठमाडौं । चिनियाँ मोबाइल कम्पनी लाभाले पहिलोपटक न्युरोडमा टच एण्ड फिलसहितको एक्सक्लुसिभ मोबाइल शोरुम संचालनमा ल्याएको छ ।

अम्बे ग्रुपको अम्बे मोबाइलले बजारमा ल्याएको लाभा मोबाइलको उक्त शोरुम लाभा इन्टरनेशनल हङकङका ओभरसिज बिजनेश मेनेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानले बिहिबार संयुक्तरुपमा उद्घाटन गरे ।

लाभा मोबाइल दक्षिण पूर्वी एसिया,दक्षिण एसिया, मध्यपूर्वी देश र दक्षिण अमेरिकी मुलुकमा समेत कारोबार भइरहेको छ । सस्तो मुल्यमा उत्कृष्ट फिचर भएको लाभा मोबाइलले १० वटा मोडेल बजारमा ल्याएको छ । ६ वर्षदेखि नेपालमा कारोबार भइरहेको लाभा मोबाइलका देशभर ६ वटा आफ्नै र थर्ड पार्टीमार्फत् १६ वटा शोरुम संचालनमा रहेका छन् ।

न्युरोडको पाकोमा संचालनमा आएको शोरुममार्फत मोबाइल पारखीलाई टच एण्ड फिलको सुविधासहितको कारोबार पनि गर्ने न्यौपानेले बताए । लाभा मोबाइलको कस्टुमर केयर सेन्टर सुन्धाराको सिटीसी मलमा छ ।


क्लिकमान्डु