अब स्मार्टफोनबाटै बैंक खातामा रहेको पैसा निकाल्न पाइने



brclays_bank

काठमाडौं । बेलायतको बार्कलेज बैंकले एनड्रोइड स्मार्ट फोनको माध्यमबाट आफ्नो खाताबाट नगद निकाल्न मिल्ने प्रविधिको सुरुवात गरेको छ ।

यो सेवा बेलायतको उत्तरी भेगमा सुरु भइसकेको र सन् २०१७ को सुरुदेखि नै १ सय ८० वटा शाखाबाट देशव्यापी रुपमा फैलाउने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

शाखा कार्यलयहरुमा राखिने ६ सय वटा यन्त्रहरुको माध्यमबाट ग्राहकहरुले आफ्नो एनरोइड स्मार्टफोनको मद्दतले नगद निकाल्न सक्ने छन् । यसमा एनएफसी नामको प्रविधिको प्रयोग हुनेछ ।

ग्राहकहरुले बैंकको मोबाइल बैकिङमा लग इन गरि आफूले निकाल्न चाहेको रकम हालेपछि पिन नम्बर हान्नु पर्नेछ । पिन नम्बर हानेपछि तीस सेकेन्डभित्र शाखा कार्यलयहरुमा राखिएको यन्त्रको नजिकै लगेर फोन टेप गरेपछि सो यन्त्रबाट पैसा निस्कन थाल्छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु