लियागो स्टाइलिस स्मार्टफोन शुक्रबार नेपालमा सार्वजानिक हुने



leeyagoo_mobile-1
काठमाडौं । विश्व बजारमा लोकप्रिय रहेको लियागो स्टाइलिस फोन अब नेपाली बजारमा उपलव्ध हुने भएका छन् ।

चाइनाको विश्वप्रख्यात स्मार्टफोन उत्पादनक कम्पनी लियागो इन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाइलिस फोनका विभिन्न चार सिरिजका ११ मोडलहरु छिट्टै नेपालमा सार्वजानिक गर्न लागेको हो ।

नेपाल लागि लियागोको आधिकारिक बिक्रेता जेएसएस ग्रुपले शुक्रबार नेपाली बजारमा सार्वजानिक गर्न लागेको हो । आगामी आइतबारदेखि नेपाली उपभोक्ताहरुले लियागोका फोनहरु किन्न पाउनेछन् ।

लियागो स्टाइलिस मोवाइल फोन ५० हजार रुपैयाँसम्म पर्ने जेएसएस ग्रुपका प्रवन्ध निर्देशक मोहन वंशलले जानकारी दिए ।

वंशलका अनुसार अन्य मोवाइलको तुलनामा यो सस्तो र सुलभ छ । उक्त फोनहरु मलेसिया, वेलायत , क्यानडालगायत २० मुलुकमा बिक्री वितरण भइरहेको छ ।


क्लिकमान्डु