पाँच सय मान्छेको काम एउटै रोवर्टले गरेपछि…



robet
काठमाडौं । के गोदामा काम गर्ने मानिस कहिले थाक्दैन ? अवश्य पनि केही घन्टा काम गरेपछि लखतरान हुन्छ । तर, चाइनाको अनलाइन बिक्रेता जेडीमा काम गर्ने एक कामदार कहिल्यै पनि थाक्दैन ।

चाइनाको संघाइमा रहेको त्यो कामदार मानिस नभएर रोबोट हो । त्यसैले त्यो कहिल्यै थाक्दैन । यो रोबटले ग्राहकहरुको अडर बमोजिमको सामान र्याकबाट झिकेर दिने काम गर्छ ।

साधरणतया यस्तै साइजको गोदाम सञ्चालन गर्न कम्तीमा पनि ५ सय मानिसको आवश्यक रहने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । तर यस डिपोको एक सेक्सनमा एउटा मानिसले मात्र भए हुन्छ, त्यो मानिसको काम भनेको मेसिनले गर्ने गतिविधीको निरिक्षण गर्ने मात्र हो ।

जेडीमा कार्यरत रोबोटले एक वर्षमा सरदर तीन हजार मिलियन अर्डर सम्पन्न गर्छ । कम्पनीले सामान डेलिभरी गर्ने मानव कर्मचारीको संख्या घटाउनका लागि अमेरिकाको एमोजन कम्पनीको जस्तो डेलिभरी ड्रोन विकसित गर्न पनि लागि परेको छ ।

एजेन्सिहरुका अनुसार यो रोबोटलाई एउटा अर्डर डेलिभरी गर्न कम्तिमा चार मिनेटको समय लाग्छ ।


क्लिकमान्डु