अब हराउँदैन तपाईँको आइफोन



iphone
काठमाडौं । फोन गलत ठाउँमा राखेर घन्टौं खोज्नुपर्ने, महिलाहरुले ब्यागमा राखेर खोतल्नुपर्ने वा कहिलेकाहीं फोन नै हराउने समस्याबाट मुक्त हुने दिन आउन अब धेरै बाँकी छैन ।

हाललै प्रकाशित पेटेन्ट नोटले अब एप्पलले पट्याएर लुगामा झुन्ड्याउन मिल्ने आइफोनको विकास गर्न लागेको छ । जसले तपाईँको फोन हराउने सम्भावना न्युनिकरण गर्ने बताइएको छ ।

एप्पलले पाएको पेटेन्ट आइफोनजस्तै देखिने, पट्याउन सकिने फोनको लागि हो । पेटेन्ट नोटकाअनुसार तपाईँको लुगाजस्तै सो फोनले बाहिरी बस्तुलाई च्याप्न सक्छ ।

फोनलाई पट्याएपछि सजिलै अड्क्याउन सकिन्छ र स्क्रिन बाहिर पट्टि फर्किन्छ । त्यसपछि एप्पल घडीमा तुरुन्तैै गर्न सकिने काम जस्तो म्यासेज पठाउने, मौसम विवरण हेर्ने लगायतका काम यसमा सहजै गर्न सकिन्छ ।

बिजनेश कोरियाबाट


क्लिकमान्डु