नेपालमा आइफोन क्रेजः तीन दिनमै १८०० वटा बिके



androidvsiphone
काठमाडौं । नेपाली बजारमा भित्रिएको तीन दिनमै १८ सय ३० वटा आइफोन सेभेन र सेभेन प्लस ग्राहकको हातमा पुगेको नेपालका लागि एप्पलको अधिकृत बिक्रेता जेनेरेसन नेक्स्ट प्रालिले जनकारी दिएको छ ।

नयाँ आइफोन एडभान्स क्यामरा, उत्कृष्ट ब्याट्री लाइफ तथा डस्ट र वाटर प्रुफ रहेको छ । यो फोनमा एक वर्षको वारेन्टी दिएको कम्पनीले जनाएको छ ।

कति पर्छ मूल्य ?

आईफोन ७ को मूल्य ३२ जिबीको लागि ९१ हजार, १२८ जिबीको लागि १ लाख ८ हाजर रुपैयाँ र २५६ जिबीको लागि एकलाख १९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

आइफोन ७ प्लस्को ३२ जिबीको लागि १ लाख ८ हजार रुपैयाँ, १ सय २८ जिबीको १ लाख २२ हजार ५सय रुपैयाँ र २५६ जिबीको लागि १ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीलले जनाएको छ ।


क्लिकमान्डु