सामसुङले ल्याउने भयो कालो रंङ्को ग्यालेक्सी एस ७



samsung-s-7
विश्वविख्यात स्मार्टफोन उत्पादक कम्पनी सामसुङले ग्यालेक्सी एस ७ लन्च गरेको ९ महिनापछि कालो रङको सेट बजारमा ल्याउने तयारी गरेको छ ।

चमकदार, चिल्ला कालो रङमा उप्लब्ध हुने स्मार्ट फोनले आइफोन ७ र आइफोन ७ प्लससँग प्रतिस्पर्धा गर्ने कम्पनीले विश्वास लिएको छ । ग्यालेक्सी नोट ७ को व्याट्री सूरक्षाका कारण अवरुद्ध भएको बजारमा पनि यसले ठूलो राहत दिलाउने कम्पनीले जनाएको छ ।

तर यो सामसुङले एप्पलको नक्कल गरेको पहिलो पटक भने होइन । यस वर्षको सुरुवातमा पनि सुनौलो गुलाबी रङको आइफोन ६ एस र आइफोन ६ एस प्लस जस्तै सुनौलो प्याजी रङको ग्यालेक्सी एस ७ बजारमा पहिलै आइसकेको छ ।


क्लिकमान्डु