अब यति शक्तिशाली भएर आउँदैछ सामसुङ ग्यालेक्सी एस ८



qualcomm-snapdragon-835-samsung-chip-726137काठमाडौं ।  ‘सामसुङ ग्यालेक्सी एस ८’ संसारको सबैभन्दा पावरफुल एन्ड्रोइड स्मार्ट फोनको रुपमा निमार्ण हुने भएको छ ।

अर्को वर्षको सुरुवातदेखि बजारमा उपलब्ध हुने सामसुङको यस फोनमा ठूलो र चम्किलो स्क्रिन, पहिलेको भन्दा अझ विस्तारित क्यामरा र अत्यन्तै शक्तिशाली हार्डवेयर रहने अनुमान गरिएको छ ।

यस सेटमा नयाँ प्रोसेसरको रुपमा  कुअल्कोम्म प्रोसेसरको प्रयोग गरिने कम्पनीले जनाएको छ ।

कुअल्कोम्मको स्न्यापड्रागोन चिप्स संसारको शीर्ष एन्ड्रोइड स्मार्ट फोनहरुमा प्रयोग भईसकेको छ । ‘सामसुङ ग्यालेक्सी एस ८’ मा स्न्यापड्रागोन ८३५  चिप्स रहने कम्पनीले पुष्टि गरेको छ ।

प्रमुख रुपमा ‘सामसुङ ग्यालेक्सी एस ८’ रहने कम्पूटिङ पावरमा धेरै  सुधार गरिएको छ, जसका कारण एकैपल्टमा धेरै काम गर्न सकिन्छ । यसमा प्रयोग हुने  ब्याट्री पहिलेको भन्दा धेरै टिकाउ लगायत धेरै कुरामा सुधार गरिएको दाबी गरिएको छ । कम्पनीले यो स्मार्ट फोन आजको मितिसम्म निर्माण भएका फोन सेटहरु मध्यको सबैभन्दा शक्तिशाली स्मार्ट फोन हुने दाबी गरेको छ ।

स्नापड्रागोन ८३५  चिप्स अर्को वर्ष देखि नयाँ फोनहरुमा देखा पर्न सुरु हुनेछ । ८३५  चिप्स कति शक्तिशाली छ भनेर जान्नका लागि २०१७ को जनवरीसम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ । त्यस समय कुअल्कोम्मले आफ्नो शीर्ष उत्पादन बारे थप जानकारी दिने बताइएको छ ।

स्न्यापड्रागोन ८३५  चिप्स निर्माणका लागि कुअल्कोम्म र सामसुङ मिलेर काम गरिरहेका छन् । यो  कुअल्कोम्म कम्पनीले निमार्ण गर्न लागेको प्रथम  १० नानोमिटर चिप्स हो ।

यो  मोबाइल प्रोसेसर आजका दिनसम्म संसारमा उप्लब्ध मोबाइल प्रोसेसरहरु मध्यको सबैभन्दा पातलो प्रोसेसर हो । यो प्रोसेसर कतिसम्म पातलो छ भने यसका सामू कागजको टुक्रा र मान्छेको कपाल पनि मोटो लाग्छ ।samsung-galaxy-s8-qualcomm-snapdragon-835-chip-734065

यस स्मार्ट फोनलाई नेक्स्ट जेनेरेसन स्मार्ट फोन पनि भन्न सकिन्छ । अर्को पुस्ताका लागि फोन निमार्ण गर्ने कम्पनीहरुले जतिसक्दो  स्लिम बनोट नै उत्पादन गर्ने तर्फ ध्यान केन्द्रित गरिरहेका छन् । अर्को पुस्तालाई कुनै मोडेलको मोबाइल फोनले आकर्षण गर्छ भने त्यो  स्लिम डिभाइस बाहेक अरु हुनै सक्दैन ।

सेट  स्लिम हुनको फाइदा पनि धेरै रहेको छ । सेट स्लिम भएमा  ठूलो र शक्तीशाली ब्याट्री र थप फिचरका लागि प्रयाप्त ठाउँ सजिलै उप्लब्ध हुन्छ ।
एक्सप्रेस डट को डट यूकेको सहयोगमा ।


क्लिकमान्डु