वाशिङ्ग मेशिन किन्दा ३ हजार मूल्यको राइस कुकर सित्तैमा



washing-machine५ मंसिर, काठमाडौं । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको स्काईवर्थ वाशिङ्ग मेशिन बजारमा ल्याएको छ ।

डी.डी. मोटरमा १० वर्षको वारेण्टीका साथ उपलब्ध उक्त वाशिङ्ग मेशिनको प्रारम्भिक मूल्य ८१ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

साथै, प्रारम्भिक अफरका रुपमा ३ हजार रुपैयाँ बराबरको राइस कुकर पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । सो अफर माघ मसान्तसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ । उक्त प्रोडक्ट बजारमा गोल्डेन, सिल्भर र व्हाइट गरी तीन रंगहरुमा उपलब्ध छ ।

स्काईवर्थको उक्त वाशिङ्ग मेशिनमा अन्य आकर्षक फिचर्स् जस्तै इनर्जी सेभिङ्ग, वाटर सेभिङ्ग, फ्याब्रिक प्रोटेक्शन, तातो वा चिसो वाश, इको–फ्रेण्ड्ली तथा न्यूनतम ध्वनि, सेल्फ–क्लिनिङ्ग टब तथा चाइल्ड लक पनि उपलब्ध छ । प्रोडक्टको क्षमता ९ के.जी. रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु