माइक्रोसफ्ट र एप्पलको प्रतिस्पर्धाले जन्मियो म्याकबुक र सर्फरबुक, के के छन् विषेशता ?



what-is-the-surface-book

५ मंसिर, काठमाडौं । माइक्रोसफ्ट र एप्पल कम्पूटर दुनियाको सबैभन्दा ठूलो कम्पूटर उत्पादक कम्पनी एक अर्कामा सिगौंरी खेल्दै कम्पूटर प्रयोगकर्ताको लागि नयाँ कम्पूटर उत्पादन गरेका छन् ।

गत वर्ष लन्च भएको माइक्रोसफ्ट सर्फेस बुकले यसवर्ष निकै ठूलो उर्जा हासिल गरेको छ । म्याक बुक प्रो एप्पलले आफ्नो ४ वर्षमा प्राप्त गरेको प्रमुख रि–डिजान रहेको छ । दुबै ल्यापटपमा समावेस नयाँ फिचरले यसका प्रयोगकर्तालाई निकै आनन्द प्रदान गर्नेछ ।

म्याकबुक प्रो के हो ?

एप्पलको नयाँ म्याकबुक प्रो पूर्ण रुपमा रि–डिजाइन हो । यो अहिले म्याकबुक एअर जस्तै पातलो र हलुका रहेको छ । यसमा एप्पलको हाई रिसलुसन रेटिना डिस्पेल रहेको छ ।

what-is-the-macbook-pro

म्याकबुक प्रो को प्रमुख फिचर नयाँ टच बार हो जसले पूरानो ट्रेडिसनल फिजिकल फङसनल कि जस्मा रो अफ डिजिटल कि जुन आफूले प्रयोग गर्ने एप्स अनुसार फरक हुनसक्छ । म्याकबुक प्रो दुई वटा साइजमा उप्लब्ध छ, १३ इन्च र १५ इन्च ।

सर्फेस बुक के हो ?

सर्फेस बुक माईक्रोसफ्टको नयाँ खोज अन्तरगत निमार्ण भएको जसलाई ‘अलटिमेट ल्यापटप’ पनि भनिन्छ । ठूलो सून्दर टच स्क्रिन डिस्प्ले, नोट लेख्न र चित्र बनाउनका लागि सर्फेस पेन स्ट्यालस पनि रहेको छ । यसले धेरै प्रोसेसिङ पावरलाई पनि सप्रोर्ट गर्छ ।

price

आफ्नो आवश्यकताअनुसार सर्फेस बुककमा (जिपिउ) ग्राफिक प्रोसेसर युनिट गेम खेल्नका लागि तथा अतिरिक्त क्रियाकलापका लागि थप गर्न सकिन्छ । भखरै माइक्रोसफ्टले भरखरै प्रफर्मेन्स वेस सरफेस बुक पनि लन्च गरेको छ ।

सर्फेस बुकमा रहेको उत्कृष्ट फिचर भनेको डिट्याज एवल स्क्रिन जोडेपछि पूर्णरुपमा ट्यावलेटमा परिणत हुन्छ ।

म्याक बुक मुल्य

म्याक बुक प्रो १३ इन्चको बजार मुल्य १७ सय ९९ अमेरिकी डलरदेखि सुरु हुन्छ । १५ इन्चको मोडेल १९ रुपैयाँ ९९ देखि सुरु हुन्छ । र्याम, प्रोसेसर र स्टोरेज अपग्रेड गर्दा अझ धेरै मुल्य पर्न जान्छ ।

सर्फेस बुक मुल्य

सरफेस बुक मोडेल १४ हजार ९९ सय डलरबाट सुरु हुन्छ र यसमा डिट्याज एवल स्क्रिन र स्ट्यालस पेन पनि उप्लब्ध हुन्छ । अलि धेरै ग्राफिक भएको सरफेस बुक्क मोडेल मुल्य १८ सय ९९ अमेरिकी डलरदेखि सुरु हुन्छ ।

टप अफ द लाईन सर्फेसबुक मोडेलको मुल्य २४ सय अमेरिकी डलरदेखि सुरु हुन्छ । यसमा भएको भन्दा धेरै र्याम र स्टोरेज आवश्यक परेको खण्डमा पैसा थप गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु