बहसः फेसबुक आमसञ्चार माध्यम हो कि प्रविधि कम्पनी ?



facebook

५ मंसिर, काठमाडौं । हरेक दिन फेसबुकले १०औं लाख विज्ञापन प्रकाशित गर्छ । जुन विज्ञापनबाट दैनिक करोडौं अमेरिकी डलर आम्दानी गर्छ ।

फेसबुकको बढ्दो लोकप्रियतासँगगै फेसबुक आमसञ्चार कम्पनी हो वा मात्र प्रविधि कम्पनी हो ? भन्ने बहस हुन थालेको छ । यदि फेसबुकलाई आमसञ्चार कम्पनी हो भनेर सोही अनुसारको व्यवहार गरियो भने यसको व्यवसायमा ठूलो असर पर्ने छ ।

फेसबुकको व्यापारको प्रकृतिको बहस सामान्य वुद्धि बिलाको विषयमात्रै नभएर गंभीर विषय हो । जसले फेसबुकको व्यवसायीक मोडल तहसनहस पार्न सक्छ ।

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुगरबर्ग फेसबुक प्रविधि कम्पनी नै भएको दाबी गर्छन् । जसका प्राविधिकहरु मानिसहरुलाई एकआपसमा जोड्ने विश्वव्यापी मिशनमा लागि परेका छन्।

तर, जर्मनका न्याय मन्त्री हेइको मास भने मार्ककको दाबी खण्डन गर्छन र फेसबुकलाई आम सञ्चार कम्पनीकोरुपमा व्यवहार गरिनुपर्ने तर्क राख्छन्।

युरोपियन युनियनले पनि फेसबुकमा आउने हेट स्पिच (कुनैपनि व्यक्ति वा समूहलाई लिंग, धर्म, वर्ण आदि विषेशताका आधारमा गरिने भाषिक आक्रमण) का सन्दर्भमा चासो राखेको छ । साथै, इयुको बुझाई यदि फेसबुक आमसञ्चार कम्पनी हुँदो हो त यसमा सहज नियन्त्रण गर्न सकिने थियो भन्ने छ ।

आमसञ्चारले जिम्मेवारी बोध गराउँछ

फेसबुकको व्यापारको प्रकृतिको बहस एक सामान्य वुद्धि बिलाको विषयमात्रै नभएर एक गंभीर विषय हो । जसले फेसबुकको व्यवसायीक मोडल तहसनहस पार्न सक्छ ।

जिम्मेवारीमा फरक

आमसञ्चार कम्पनीहरु कानूनीरुपमा आफुले प्रकाशित, प्रसारित गर्ने सामाग्रिको बारेमा जवाफदेही हुन्छन् । तर, हाल फेबुक एक प्रविधि कम्पनीमात्रै भएका कारण यसको कुनै कानूनी जिम्मेवारी छैन ।

एजेन्सीको सहयोगमा


क्लिकमान्डु