२ लाख ७० हजारको ल्यापटप जब ३२ सयमै किन्न पाइने भयो



del

४ मंसिर, काठमाडौं । २ लाख ७० हजार पर्ने ल्यापटप ३२ सय रुपैयाँमै पाइन्छ भने कसले पो नकिल्ला र !

त्यति महंगो ल्यापटल यति यस्तोमा भने नपाइने नै हो । तर मेक्सिकोमा एउटा यस्तो घटना भयो जसमा २ लाख ७० हजार रुपैयाँ पर्ने ल्यापटप ३२ सयमै पाइयो ।

महंगो ल्यापटप सस्तोमा पाउनुको कारण कम्पनीले आफ्नो उत्पादनको मूल्यका बारेमा प्रकाशित गरेको विज्ञापन थियो । अनलाइन मार्फत अग्रिम बुकिङको लागि गरिएको विज्ञापनमा ल्यापटपको मूल्य राख्नु पर्नेमा त्यसको शिपिङ खर्च मात्रै उल्लेख गरिएको थियो ।

विविसी हिन्दीका अनुसार डेल कम्पनीको सो ल्यापटपको मूल्य २५ सय अमेरिकी डलर अर्थात आजको नेपाली रुपैयाँसँग डलरको विनिमय दर अनुसार २ लाख ७० हजार रुपैयाँ जति पर्ने थियो ।

तर कम्पनीले ल्यापटपको मूल्य राख्नु पर्ने ठाउमा उसको शिपिङ खर्च उल्लेख गर्यो । जसको खर्च वास्तमा ३० डलर अर्थात ३२ सय नेपाली रुपैयाँ पथ्र्योे ।

कम्पनीले भूलबस यस्तो अनलाइन विज्ञापन प्रकाशित भएको थाहा पाएपछि विज्ञापन फिर्ता गर्यो । र, बुकिङकर्तासँग माफी माग्दै पैसा फिर्ता गर्ने वाचा गर्यो ।

बुकिङकर्ताले कम्पनीले आफूहरुलाई झुक्याएको भन्दै पैसा फिर्ता नलिने र आफूहरुले ल्यापटप नै पाउनु पर्ने दाबी गर्दै मेक्सिकोको उपभोक्ता अदालतमा मुद्दा दायर गरे ।

अदालतले उपभोक्ताको पक्षमा फैसला गर्दै बुकिङकर्तालाई ३० डलरमै ल्यापटप दिन कम्पनीलाई आदेश दिएको छ । अदालतको यस्तो आदेश पछि बुकिङकर्ताले २५ सय डलर पर्ने डेल कम्पनीको ल्यापटप ३० डलरमै पाउने भएका छन् ।


क्लिकमान्डु