सन् २०१७ मा आइफोन ८ आउने



iphonec-8
३ मंसिर, काठमाडौं । पछिल्लो संस्करण आइफोन ७ र ७ प्लसले संसारमा एप्पलको साखलाई बचायो । एप्पलका प्रयोगकर्ताहरुले नयाँ स्वाद पाए ।

म्याकरुर्मस डटकमकाअनुसार आइफोन ८ मा होम बटम राखिएको हुने छैन । यसमा टच आइडि र क्यामेरा बटम सिधै डिस्प्लेमा राखिएको हुनेछ ।

यसमा जडान भएको डिस्प्ले ओएलइडी रहने छ । जुन सामसुङको उत्पादन हो । एप्पलले आफ्नो नयाँ उत्पादनको नाम आइफोन ८ र आइफोन ८ प्लस नै राख्नसक्ने अनुमान गरिएको छ ।

जानकारहरुका अनुसार उसले अहिले प्रयोग भइरहेको आलमुनीयम बढिलाई परिर्वतन गरी आइफोन ४ मा प्रयोग भएको ग्लास ब्याक्ड बढी प्रयोगगर्ने सम्भावना रहेको छ ।


क्लिकमान्डु