मंसिर ३ र ४ गते टेलिकमको वायरलेस सेवा बन्द हुन सक्ने, भ्वाइस, डाटा, एसएमएस, वाइम्याक्स र रिचार्ज सेवा प्रभावित



२ मंसिर, काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल तथा सिडिएमए सेवा आगामी शुक्रबार र शनिबार (मंसिर ३ र ४ गते) अवरुद्ध हुनसक्ने जनाएको छ । telecom_notice

टेलिकमको मोबाइल सेवाको गुणस्तर सुधार गर्ने कार्य भइरहेकोले काठमाडौँका विभिन्न स्थानमा मोबाइल सेवा अवरुद्ध हुन लागेको हो ।

टेलिकमका अनुसार जिएसएम मोबाइल सेवा कन्भरजेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेसन गर्न लागिएको हुनाले शुक्रबार रातीदेखि शनिबारसम्म टेलिकमको वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सिडिएमए सेवाका भ्वाइस, डाटा, एसएमएस, वाइम्याक्स र रिचार्जजस्ता सेवा अवरुद्ध हुनसक्नेछ ।

त्यसैगरी शनिबार टेलिकमको सम्पूर्ण ग्राहक सेवा केन्द्र, रिचार्ज, सिम कार्ड एक्टिभेसन समेत बन्द हुने टेलिकमले जानकारी दिएको छ ।


क्लिकमान्डु