संसारमै पहिलोपटक हवाई मार्गबाट पिज्जा डेलिभरी



1422572650748
२ मंसिर, काठमाडौं । विश्वविख्यात पिज्जा ब्राण्ड डोमिनोजले सफलतापूर्वक ड्रोनको माध्यमबाट बुधबार न्युजील्याण्डमा आफ्ना ग्राहकलाई पिज्जा डेलिभरी गरेको छ ।

सो हवाई यानलाई जिपिएस नेभिगेशनको माध्यमबाट नियन्त्रण गरी अक्ल्याण्डबाट २५ किलोमिटर उत्तरतर्फको एक वस्तीमा पिज्जा डेलिभरी गरिएको हो ।

डोमिनोज समूहका कार्यकारी निर्देशक डोन मेजीकाअनुसार डोम डेलिभरी अवका दिनमा कम्पनीको पिज्जा डेलिभरी प्रक्रियाको अभिन्न अंग बन्नेछ ।

‘हामी यो हप्ता यो क्षेत्रमा अझै धेरै डेलिभरीहरु गरी सूचना संकलन गर्नेछौं र, आगामी वर्षदेखि अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्नेछौं,’ उनले भने ।

सो कार्यका लागि सिभिल एभिएसन अथोरिटीमार्फत अनुमति लिई ३ महिना अघिदेखि तयारी थालिएको थियो । डोमिनोजका अनुसार सफल परिक्षणपश्चात खानाको तापक्रम इत्यादी जाँच गरी सरकारसँग समेत छलफल गरिएको थियो ।

प्रतिघन्टा १८ देखि २० किलोमिटरको गतिमा चल्ने यानले पुल, फुटपाथ लगायत फोहोर संकलन गर्ने कन्टेनरसमेत गुगल म्याप डाटा र डोमीनोजको जिपिएर ट्रयाक पप्रविधिको माध्यमबाट आफ्नो उडान भर्छ ।

करिब १ सय ९० केजी तौल भएको सो यानमा तातो र चिसो दुबैथरी खाना राख्न्का लागि ठाउँ छन् । र, खाना डेलिभरीपश्चात ग्राहकले आफुलाई दिएको कोड नम्बरको माध्यमबाट ढोका खोली खाना निकाल्न सक्नेछन् ।


क्लिकमान्डु