चौधरी फाउण्डेसन र लायन्सले सोसल विजनेशमा ५ करोड लगानी गर्ने



cg
१ मंसिर, काठमाडौं । चौधरी फाउण्डेसन र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनले सन् २०१७ मा नेपाल सोसल विजनेशका लागि सवा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेका छन् । नेपालका दुर्गम क्षेत्रमा सोसल विजनेशका परियोजना कार्यान्वयनका लागि उक्त रकम खर्च गरिनेछ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चौधरी फाउण्डेसनका प्रमुख कार्यकारी निर्वाण चौधरी र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका अन्तर्राष्ट्रिय निर्देशक संजय खेतानले नेपाल सोसल विजनेश दोश्रो चरणको कार्यान्वनका लागि उक्त रकम खर्च गर्ने निर्णय गरिएको जानकारी दिए ।

सन् २०१४ मा शुरु भएको एनएसबीले नेपालका दुर्गम क्षेत्रका वासिन्दाको सामाजिक एवं आर्थिक अवस्था सुधारका लागि सोसल विजनेशका परियोजना कार्यान्वयनमा तीब्रता दिएको छ ।

पहिलो चरणमा एक सय वटा सोसल विजनेश अवधारणामा तालिम दिइएको छ । हालसम्म १२ वटा परियोजनामा लगानी भईसकेको छ भने बाँकीमा लगानी गर्ने चरणमा रहेको जानकारी गराईन्छ ।

एनएसबी चौधरी ग्रुपको मानवीय सहयोग सम्वन्धी निकाय चौधरी फाउण्डेसन र लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसनले नेपालमा सोसल विजनेश प्रवर्धनका लागि स्थापना गरिएको संस्था हो । व्यवसायिक सोच भएका तर वित्तीय स्रोतको अभावमा विजनेश शुरु गर्न नसकेको व्यवसायीहरुलाई एनएसबीले वित्तीय स्रोत उपलब्ध गराउँछ ।

‘नेपाल सोसल विजनेशमार्फत् अगाडि बढाइएका परियोजनाले नेपालका दुर्गम क्षेत्रको सामाजिक एवं आर्थिक रुपान्तरणमा ठोस योगदान पु¥याउने विश्वास हामीले लिएका छौँ’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने ।

एनएसबी.द्वारा लगानी गरिएका परियोजनाहरुमा कर्णाली मितेरी उद्योग (जुम्ला), अर्गानिक फलपूmल तथा खाद्य प्रशोधन उद्योग (जुम्ला), दाङ होजियरी तथा गार्मेन्ट प्रालि (दाङ), बागेश्वरी बहुउद्देश्यीय कृषि फार्म प्रालि (सल्यान), महालक्ष्मी झोला उद्योग प्रालि (कैलाली) र अजयमेरु ताम्राकार भाडाबर्तन प्रालि (डडेल्धुरा) लगायतका रहेका छन् ।

थप परियोजनाहरुमा लगानी विस्तार गर्दै जाने नीति एनएसबीको रहेको छ । ‘नेपाल सोसल विजनेशमार्फत् अगाडि बढाइएका परियोजनाले नेपालका दुर्गम क्षेत्रको सामाजिक एवं आर्थिक रुपान्तरणमा ठोस योगदान पु¥याउने विश्वास हामीले लिएका छौँ’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं चौधरी फाउण्डेसनका प्रमुख कार्यकारी निर्वाण चौधरीले भने ।

सोसल विजनेश नेपाली समाजको आर्थिक परिवर्तनको माध्यम बन्न सक्छ भन्ने सोंचका साथ हामी यसलाई प्रवर्धन गरिरहेको चौधरीले बताए । फाउण्डेसन सोसल विजनेशका माध्यमद्वारा दुर्गम र सामाजिक एवं आर्थिक रुपमा पिछडिएको वर्गमा लगानी गर्न प्रतिवद्ध रहेको उनले दोहो¥याए ।

लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनका अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले नेपालको सामाजिक एवं आर्थिक मुहारमा परिवर्तन ल्याउन नेपाल सोसल विजनेश सार्थक हुने विश्वास ब्यक्त गरे । जोसँग व्यवसायिक सोंच र काम गर्ने जाँगर छ उसमाथि सोसल विजेनशले लगानी उनको भनाई थियो ।

लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनका ट्रस्टी एनएस संकरनले नेपालमा कार्यान्वयन भैरहेका सोसल विजनेशका परियोजनाप्रति फाउण्डेसन सन्तुष्ट रहेको जानकारी दिँदै यसले नेपालको ग्रामीण क्षेत्रमा आर्थिक टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

प्राथमिक रुपमा समाज कल्याणको लागि अग्रसर सोसल विजनेसको उद्देश्य स्थानिय स्तरमा रहेका उद्यमीहरुलाई विभिन्न चरणका तालिम, प्रशिक्षण तथा लगानीमार्पmत सामाजिक व्यवसायको विकास गर्ने रहेको छ । साथै लगानीकर्ताले लगानी गरेवापत हुने नाफाको बाँडफाँट नगरी प्राप्त मुनाफालाई निरन्तर रुपमा उक्त परियोजनामै लगानी गरिन्छ ।

सोसल विजनेशको अवधारणा नोबल पुरस्कार विजेता बंगलादेशका प्राध्यापक मोहम्मल युनुसद्वारा विकास भएको हो । यो अवधारणा आज विश्वभर विभिन्न मुलुकहरुमा सफलतापूर्वक कार्यान्वयन भईरहेको छ ।

 


क्लिकमान्डु