माइक्रोम्याक्सको बजेट स्मार्टफोन ‘क्यू ३९७’ बजारमा



१ मंसिर, काठमाडौं । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ३९७ (Q397) सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज क्षमता रहेके छ ।q397_1

यसमा ५.५ इन्चको एचडी डिस्प्ले छ, जसको पिक्चर रिजोल्यूशन ७२०X१२८० पिक्सेल छ । फोटोका लागि फोनमा ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने सेल्फीका लागि २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ भने १ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा २,६५० एमएएचको ब्याट्री राखिएको छ । माइक्रोम्याक्सको नयाँ फोनमा ड्यूल सिम स्लट, थ्रीजी सपोर्ट, ब्लूटूथ, वाईफाई लगायतका थप फिचर छन् । यो ग्याजेटलाई अतिरिक्त सुरक्षा प्रदान गर्न ग्राहकले यसमा फ्री व्याक कभर पाउनेछन् । माइक्रोम्याक्स क्यू३९७ स्मार्टफोन रु.१०,५६०/– किन्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु