काठमाडौ, पोखरा र दमौलीमा पहिलो चरणमा 4G सुरु गर्ने एनसेलको योजना



4g
३० कात्तिक, काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफुले फोर जीको अनुमति पाए एक महिनाभित्रै काठमाडौ, पोखरा र दमौलीमा एक महिनाभित्रै फोर जी सेवा सञ्चालन गर्ने जनाएको छ ।

एनसेलले दूरसञ्चार प्राधिकरण समक्ष यकात्तिक २७ गते स्फोर जी सेवा सञ्चालनको यस्तो कार्ययोजना पेश गरेको हो । एनसेलले निकैअघि फोर जी सेवा सञ्चालन गर्ने प्रस्तावसहित आवेदन दिएको थियो ।

‘हामीले तिहारअघि नै कार्ययोजना मागेका थियौं । तर, कम्पनीले हालैमात्र अनुमति पाएको एक महिनाभित्र पहिलो चरणमा काठमाडौ, पोखराबाट दमौलीमा फोर जी सेवा सञ्चालन गर्ने कार्ययोजना पेश गरेको छ ।’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले क्लिकमाण्डूसँग भने ।

प्रवक्ता अर्यालका अनुसार एनसेलले दोस्रो चरणमा बिराटनर, बुटवल भैरवहामा फोर जी सेवा विस्तार गर्ने कार्ययोजना पेश गरेको छ । अहिले उपलब्ध भएको ११ मेगाहर्ज व्याण्डबाट फोर जी सञ्चालन गर्न नसकिने उल्लेख गर्दै ब्याण्डको क्षमता बढाउन माग गरेको छ ।

एनसेललाई फोर जी सेवा सञ्चालनको अनुमति दिने या नदिने भन्नेबारे केही टुंगो नलागेको उनले बताए । ‘एनसेलको कार्ययोजनामाथि अध्ययन भइरहेको छ । सेवा सञ्चालन गर्न दिने या नदिने भनेर कुनैपनि निर्णय भएको छैन,’ अर्यालले भने ।

प्राधिकरणले सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमलाई भने यसअघि नै फोर जी सेवा सञ्चालन गर्ने गरी अनुमति दिइसकेको छ । हालसम्म नेपालमा थ्री जी सेवामात्रै सञ्चालन भइरहेको छ । थ्री जी भन्दा फोर जी १० १२ गुणा फास्ट हुने बताइएको छ ।


क्लिकमान्डु