मंसिर १५ भित्र जिओनी मोवाइले सेल्फी खिच्नोस, जिओनी एस सिक्स एस जित्नोस्



२९ कात्तिक, काठमाडौं । के तपाई जिओनी मोवाइल बोक्नुहुन्छ ? बोक्नुहुन्छ भने मंसिर १५ भित्र आकर्षक सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नुहोस् । र, जिओनी एस सिक्स एस जित्नोस् ।gionee-pic-1024x1024

एस जित्नोस् ।

चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी जिओनीले आफ्ना ग्राहकहरुबीच #GioneeS6sWithSelfieFlash प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ । यो योजना आगामी मंसिर १५ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट १० जनामध्ये एक जनाले जिओनी एस सिक्स एस प्राप्त गर्नेछन् । तर त्यसका लागि कम्पनीले प्रतियोगितामा सहभागी हुनेहरुले विभिन्न एप प्रयोग गरी एउटा रमाइलो सेल्फी खिच्नुपर्ने शर्त राखेको छ ।

उक्त सेल्फीलाई जिओनी एस सिक्स विथ सेल्फी फ्लाशमा आफ्नै फेसबुकमा प्राइभेसी पब्लिकसहित सेयर गर्नुपर्ने हुन्छ । र, जिओनी नेपालको फेसबुक पेजमा रहेको कन्टेस्ट भिडियोमा प्राइभेसी पब्लिक गरेर सो सेल्फी फोटो कमेन्ट गर्नुपर्ने हुन्छ । यदि तपाईँले प्राइभेसप् पब्लिक नगरी कमेन्ट गर्नुभयो भने पनि त्यसलाई प्रतियोगितामा सहभागि गराइने छैन ।

जिओनी र चर्चित फोटोग्राफर राजभाइ सुवालद्वारा छानिएका उत्कृष्ट सेल्फीहरु लाइक एण्ड विन कन्टेस्टका लागि छानिनेछन् ।

प्रतिगोयिताको दोस्रो भागबाट सबैभन्दा बढी लाइक प्राप्त गर्ने १० सेल्फीले सेल्फी फ्लाशसहितको नयाँ जियोनी एस सिक्स एस जित्न सक्नेछन् ।


क्लिकमान्डु