भारुको समस्या सुल्झाउन अर्थमन्त्री महराले भारतका अर्थमन्त्री जेटलीलाई फोन गरेर यसो भने



krishna-badhur-mahara२९ कात्तिक, काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले भारतका अर्थमन्त्री अरुण जेट्लीलाई फोन गरेर नेपालमा भएका ५०० र १००० दरका भारु नोट सटही गरिदिन आग्रह गरेका छन् ।

गत मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका पुराना भारु नोटमाथि प्रतिबन्ध लगाएको घोषणा गरेपछि त्यसले नेपालमा पनि ठूलो असर पारेको छ ।

सरकारी स्तरबाट सो दरका भारु सटहीको व्यवस्था मिलाइदिन कुटनीतिक पहल भइरहेका बेला अर्थमन्त्री महराले समकक्ष जेटलीलाई सोमबार बिहान फोन गरेका हुन् ।

नेपाली पक्ष्ले भारतीय पक्षलाई पठाएको औपचारिक पत्र अहिले भारतको अर्थ मन्त्रालयमा पुगिसकेको छ ।

राष्ट बैंकका अनुसार नेपालका बैंक तथा वित्तीय संस्था, मनि चेञ्जर र होटलहरुसँग साढे ३ करोडको हाराहारीमा ५०० र १००० दरका भारु नोट रहेको जनाएको छ ।

सर्वसाधरणसँगको भारु सटहीमा समस्या भएपछि सरकारी तहबाटै यसको समाधानको पहल थालिएको हो । पाल राष्ट्र बैंकले भारुको समस्या समाधानका लागि भारतीय रिजर्भ बैंकसँग कुरा गरिरहेका बेला यो समस्या समाधानका लागि अर्थमन्त्रीले भारतीय समकक्षीसँगै कुरा गरेका हुन् ।

‘मन्त्रीज्यूले फोन गरेर समस्या समाधान गरिदिन आग्रह गर्नुभयो,’ मन्त्रीनिकट स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘फोन वार्तामा भारतीय अर्थमन्त्री जेट्लीले नोटमा प्रतिबन्धपछि उब्जेको समस्या समाधानका लागि भारत सरकार लागिरहेको बताउँदै समस्याको चाँडै निकास निकाल्ने आश्वासन दिनुभयो ।’

आजै राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले पनि भारतीय रिजर्भ बैंकका गभर्नर उर्जीत पटेलसँग फोन गरेर भारुको समस्या समाधानको उपायबारे कुराकानी गरेका छन् ।

राष्ट्र बैंकले यसअघि नै दुई मूल्यका नोटमा प्रतिबन्धपछि उब्जेको जटिलताको समाधान निकाल्न आरबीआईलाई पत्राचार गरिसकेको छ।

गत बुधबार नेपाल राष्ट बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतिबन्धित भारु नोट नसाट्न परिपत्र गरेको थियो ।

नेपालले पनि भारतीय रिजर्भ बैंकका गभर्नर उर्जीत पटेलसँग फोन गरेर भारुको समस्या समाधानको उपायबारे कुराकानी गरिरहेका छन् ।


क्लिकमान्डु