मोवाइलमा नफाप्ने नै हो त 7 अंक ?



iphone7२९ कात्तिक, काठमाडौं । यस्तो लाग्दैछ कि अब ७ भाग्यशाली नम्बर रहेन । सामसुङ ग्यालेक्सी नोट ७ को लागि त झन पक्कै थिएन, जसमा संसारभरी आगो लाग्यो र अन्ततः बजारबाट विस्थापित भयो । अब हामी सुन्दैछौं कि आइफोन ७ को प्रयोग पनि त्यति सहज छैन ।
चीनको युआन प्रान्तमा आइफोन ७ पड्केको समाचारहरु आउन आएको छ , जसलाई फोनवालाले दुर्घटनाबस मुस्किलले २ फिट माथिवाट खसालेका थिए । फोन सामान्य रुपले कोरिनु वा धसिनुको साटो पड्केपछि यसलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

फोन निर्माता कम्पनी एप्पलले अहिलेसम्म यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर यसबारे गम्भीर प्रतिक्रिया आउने आकलन गरिएको छ । किनभने यसका अलावा आइफोनमा भिडियो खिच्दै गरेको अवस्थामा र डेलिभरीको दौरान आगो लागेका लगायतका समाचारहरु पनि सुनिन आएका छन् ।

यो ग्यालेक्सी नोट  ७ कै जस्तो असफलता नभएपनि माथि उल्लेखित तीन घटना एप्पलको ध्यान खिच्न भने पक्कै पनि काफी छन् । तबसम्म आफ्नो फोनको सुक्ष्म निगरानी भने गर्नुहोला । एजेन्सीको सहयोगमा


क्लिकमान्डु