जेडटिइका स्मार्टफोन बजारमा, यस्तो छ मूल्य र विषेशताहरु



काठमाडौं, २९ कात्तिक । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी जेडटीइले दुई नयाँ स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । जेडटीइका एक्जन मिनी र एक्जन इलाइट नेपाली बजारमा भित्रिएका हुन् ।

एक्जन मिनी
प्रेसर सेन्सेटिभ डिस्प्ले भएको यो स्मार्ट फोनको ५.२ इन्च को थ्रिडी डिस्प्ले रहेको छ । फोनमा सेन्सर लक जडान गरिएको छ । एक्जन मिनी स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर क्यामेरा र सेल्फीको लागि ८ मेगा पिक्सलको क्यामेरा छ ।zte_axon_mini_silver_chromium

फोनको लुक प्रिमियम मेटलमा तयार पारिएको छ । फोनमा ३ जीबीको रर््याम र ३२ जीबीको इन्टरनल स्टोरज क्षमता छ । एन्ड्रोइड ५ं१ं.१ ललिपप भर्सनको फोनमा २८ एमएएच पावरको ब्याट्री छ । यो फोनमा ३२ जीबी इन्टरनल मेमोरीको क्षमता रहेपनि १३२ जीबीसम्म एक्सपान्ड गर्न मिल्नेछ । यो स्मार्टफोनको मूल्य २५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

एक्जन इलाइट
पछिल्लोपटक कम्पनीले नेपाल प्रवेश गराएको एक्जन इलाइट स्मार्ट फोनमा ५.५ इन्चको फुल एचडी डिस्प्ले छ । फोन रियर र फ्रन्ट क्यामेरा जडान गरिएको छ । फोनमा १३ मेगा पिक्सलको प्राइमेरी क्यामेरा छ । सेल्फी खिच्नको लागि यो स्मार्ट फोनमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि छ ।

एन्ड्रोइड ५.०.२ ललिपप भर्सनको यो फोनमा ३ जीबी र्याम र ३२ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । फोनमा पछाडि पट्टी फिङ्गर स्क्यानर छ । फोनले फोरजी तथा थ्री जी दुबै सर्पोट गर्छ । छिटो व्याट्री चार्ज हुने फोनमा ३ हजार एमएएच पावरको व्याट्री छ । यो स्मार्ट फोनको मूल्य ३३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु