अब यि क्षेत्रमा पनि निशुल्क इन्टरनेट सुविधा



facebook२८ कात्तिक, काठमाडौं । आन्तरिक र बाह्य पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्‍याउने उद्देश्यले काठमाडौँ महानगरापलिकाले बालाजु उद्यानलगायतका स्थानमा निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने भएको छ ।

झन्डै एक वर्ष अघिदेखि रत्नपार्कमा अवलोकन गर्न आउने अवलोकनकर्ताका लागि निःशुल्क इन्टरनेट सुविधा दिँदै आएको कामपाले अब तत्काल बालाजु उद्यान, राष्ट्रिय सभागृहमा निःशुल्क इन्टरनेट सुविधा दिने तयारीमा रहेको कामपा, सूचना प्रविधि शाखाका प्रमुख राम सापकोटाले जानकारी दिए ।

त्यसैगरी पर्यटकलाई लक्षित गर्दै हनुमाढोका दरबार क्षेत्रमा पनि यो सुविधा दिन लागिएको उनको भनाइ छ । उक्त क्षेत्रमा अवलोकन भ्रमण गर्न आउनेहरुबाट शुल्क लिएपछि उनीहरुलाई केही सुविधा प्राप्त होस् भन्दै यो व्यवस्था गर्न लागिएको सापकोटाले बताए।

यो सुविधा विस्तारसँगै उक्त क्षेत्रमा आन्तरिक र बाह्य पर्यटककको सङ्ख्यामा वृद्धि हुने महानगरले विश्वास लिएको छ ।


क्लिकमान्डु