२ बर्षको जति दुरसंचार उपकरण २ महिनामै



fiberकाठमाडौं, २८ कात्तिक । दूरसञ्चार सेवा प्रदायकले चालु आर्थिक बर्षको दुई महिनामा साँढे पाँच अर्ब बराबरको उपकरण आयातका लागि दूरसञ्चार प्राधिकरणसँग अनुमति माग गरेका छन् । यो रकम अघिल्ला दुई आर्थिक वर्षको आयात बरावर हो ।
नयाँ आर्थिक वर्षमा स्मार्ट टेलिकमले सवा चार अर्ब रुपैयाँभन्दा बढीको उपकरण मगाएको छ । कम्पनीले गत भदौमा ४ अर्ब २८ करोड रुपैयाँ बराबरको उपकरण आयात गर्न प्राधिकरणबाट अनुमति लिएको थियो । कम्पनीले अघिल्लो आवमा भने १ अर्ब ८ करोड रुपैयाँको टेलिकम उपकरण आयात गरेको थियो ।
सेवाको गुणस्तर र पहुच बढाउनको लागि कम्पनीहरुले उपकरण आयातलाई तिव्रता दिएको नेपाल दुरसंचार प्राधिकरणले जानकारी दिएको छ ।
चालु आर्थिक वर्ष लागेपछि उपकरण आयातमा नेपाल टेलिकम र एनसेलसमेत थप सक्रिय देखिएका छन् । टेलिकमले २८ करोड र एनसेलले ८८ करोड रुपैयाँ बराबरको आयात अनुमति पाइसकेका छन् ।
टेलिकमले गत आवमा कूल साढे दुई अर्ब रुपैयाँ बराबरको उपकरण मगाएको थियो भने करिब २४ करोड रुपैयाँमात्र उपकरण आयातमा खर्चिएको थियो ।
नेपालका सबै कम्पनीले आव २०७१/७२ मा ३ अर्ब ७९ करोड तथा २०७२/७३ मा २ अर्ब ८२ करोडको उपकरणहरू आयात गरेका थिए । नयाँ प्रविधि विस्तार गर्न एवं ग्राहकले गुणस्तरमा गुनासो गरेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीहरूले पछिल्लो समय उपकरण आयात बृद्धि गरिरहेका छन् ।
तीब्र गतिमा विकास भएको प्रविधिलाई आत्मसाथ गर्न र यस बर्षदेखि फोरजी सेवा विस्तारको कार्य भइरहेकोले उपकरण आयात बृद्धि भएको प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु