दुई हजारको भारु नोटमा चिप्स कार्ड नहुने



200-ic-note२६ कात्तिक काठमाडौं । भारतीय रिभर्ज बैंक (आरबीआई) सार्वजनिक गर्न लागेको दुई हजार हजारको नोटमा चिप्स कार्ड हुने कुरा हल्ला मात्रै रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार पाँच सय र हजारको भारुमा प्रतिबन्ध लगाउदा नयाँ ल्याउन लागिएको नोटमा नानो चिप्स कार्ड हुने समाचार भारतीय सन्चारमाध्यमहरुले सम्प्रेषण गरेका थिए ।

चिप्स कार्डले पैसा कसले बोकेको छ त्यसको स्थान पत्ता लगाउन सकिने खालका समाचार आएपनि आरबीआईले नयाँ नोटमा यस्तो व्यवस्था नभएको जनाएको छ ।

आरबीआईले जारी गरेको विज्ञप्तीमा बजारमा आउन लागेको दुई हजार नोट सुरक्षा दृष्टिकोणले मजबुत रहेपनि कार्ड नहुँने जनाएको छ ।

आरबीआईकी प्रवत्ता अल्पना किलावाला न्यूज १८ सँग भनिन, नोटमा चिप कार्ड हुन्छ भनेर आएका कुरा हल्ला मात्र हुन् । यस्तो व्यवस्था एउटा कल्पना मात्र हो ।


क्लिकमान्डु