किन तात्छ मोबाइल फोन? यी कुरा ख्याल गरौं



phone_heat

तपाईँले आफ्नो मोवाइल सेट चार्ज गर्दा, गेम खेल्दा, इन्टरनेट चलाउदा वा कुनै हेभि एप चलाउदा तातेको महसुस पक्कै गर्नु भयो होला । यदि तपाईँको मोबाइल फोन सेट तात्छ भने यी उपायहरू गर्नु भयो भने तात्ने समस्यालाई कम गर्न सक्नुहुन्छ।

मोबाइलको केस वा कभर हटाउने

अधिकांश स्मार्टफोनमा तात्ने समस्या हुन्छ । त्यसमा तपाईँले मोवाइललाई सुरक्षित बनाउन लेदर वा अरू कुराबाट बनेको मोबाइल कभर वा केस लगाउनु भएको छ  भने मोबाइलबाट आएको तापलाई बाहिर जान दिँदैन । जसको कारण तपाईँको मोबाइल सेट अझ बढी तात्छ । त्यसैले मोबाइल सेटमा तात्ने समस्या छ भने यस्ता कुरालाई हटाउनु राम्रो हुन्छ ।

मोबाइललाई सतहमा चार्ज गर्ने

हामी मध्ये धेरैले मोबाइल चार्ज ओछयान, सोफा आदि माथि राखेर गर्ने गर्छौ । यसले मोबाइल चार्ज गर्दा निस्किएको तातोलाई त्यही राख्छ र मोबाइल बढी तात्छ । यदि तातो नसर्ने काठ वा सम्म परेको भागमा राखेर चार्ज गर्दा तात्ने समस्यालाई कम गर्न सकिन्छ ।

लामो समय चार्ज नगर्ने

हामी दिनभर मोबाइल सेटलाई प्रयोग गर्छौ र राती सुत्ने बेलामा चार्जमा राखेर सुत्छौ । मोबाइल फोन सरदर १ देखि डेढ घन्टा भित्र चार्ज हुन्छ । त्यसैले रातभर चार्ज गर्दा ब्याट्रीको चार्जिङ क्षमतामा ह्रास आउनुका साथै अत्यधिक चार्जले विष्फोट पनि हुनसक्छ । त्यसैले सधै निश्चित समयमा मात्र चार्ज गर्ने गर्नुपर्छ ।

हेभि एप्सलाई बन्द गरौं

तपाईँले एक पटक चलाएको कुनै पनि एपलाई तपाईँले स्क्रिनमा देख्नुभएन भने तपाईँले त्यो बन्द भएको ठान्नुहुन्छ । तर त्यो एप ब्याकग्राउण्डमा चलिरहेको हुन्छ । त्यसैले यस्ता एपहरुलाई होम कि थिचेर हटाउने गर्नु पर्छ । हेभि ग्राफिक्स भएका एपहरु लामो समय चलाउँदा त्यसले प्रोसेसिङ पावर बढी लिएको कारण मोवाइल सेट तात्ने समस्या हुन्छ ।

घाममा धेरै नदेखाउने

मोबाइलमा तात्ने समस्या धेरै छ भने त्यस्ता सेटहरुलाई घाममा कमै प्रयोग गर्नु पर्छ । घामको रापले सेट तात्छ भने मोबाइललाई केसमा राखेको छ भने मोबाइलबाट आएको तातोलाई रोकेर थप तताउने गर्छ ।

थर्ड पार्टीको सामान प्रयोग नगर्ने

मोबाइल सेट किन्दा आएको ब्याट्री र सोहीमा आएको चार्जरले मात्र त्यो मोबाइललाई चार्ज गर्ने गर्नुपर्छ । यदि आफ्नो चार्जर हरायो वा ब्याट्रीको लाइफ सकियो भने आधिकारिक बिक्रेताबाट आफ्नो सेटलाई भनेर निर्माण गरिएको ब्याट्री र चार्जर प्रयोग गर्दा पनि मोबाइल सेट तातिने समस्या कम हुन्छ ।


क्लिकमान्डु