फेसवुकमा स्पेसवाक हेर्नुभयो, भाइरल भिडियो के हो त ?



space-walk
फेसबुकमा विगत केही दिन देखि आइरहेको लाइभ स्पेसवाक को भिडियो हेर्नुभयो ? हेर्नु भयो भने झुक्किने मा तपाई पनि एक जना पर्नु भयो ।

केही दिन देखि फेसबुकको वालमा धेरै प्रयोगकर्ताले दुईजना अन्तरिक्ष यात्री अन्तर्रािष्ट्रय स्पेस स्टेसनबाट स्पेसमा निस्कीदै गरेको लाइभ भिडियो भाइरल बन्यो । युनिलाड र भाइरल युएसले लगायतका धेरै अन्तर्राष्ट्रिय समाचार एजेन्सी समेतले यसलाई भाइरल बनाउन सघाए । लाइभ भिडियोले इन्टरनेटमा धेरैभन्दा धेरै लाइक, कमेन्ट र शेयर पायो तर उक्त भिडियो आफैमा भने नक्कली थियो । भिडियो नक्कली भएपनि इन्टरनेटमा यसले अहिलेसम्म धुम मचाईरहेको छ । भाइरल युएसएको यो भिडियोले यो समाचार तयार पार्दासम्म २७ करोड भ्यू पाईसकेको छ र यसको क्रम रोकिएको छैन अझै बढी रहेको छ ।

गत सेप्टेम्बर १ पछि कुनैपनि अन्तरिक्ष यात्री स्पेसमा निस्किएका छैनन्’ नासाले जनाएको छ । यता फेसबुक र नासा दुबैले यत्रो यात्राको बारेमा केहि जानकारी दिने विवरण सार्बजनिक गरेका छैनन् ।

त्यसो त सन् २००० यता अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा अहिले सम्म २ सय २२ जना अन्तरिक्ष यात्री पुगिसकेका छन् । गत जुनमा फेसबुक कार्यकारी मार्क जुकरबर्गले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका ३ अन्तरिक्ष यात्रीको भिडियो लाइभ स्ट्रिममार्फत गरेको थियो । जसले सामाजिक संजाललाई नयाँ उचाईमा पुर्याएको दाबी गरिएको थियो ।


क्लिकमान्डु