टेलिकमले सबै जिल्लामा पुर्‍यायो वाइम्याक्सको सेवा



nepal_telecom

काठमाडौं । नेपाल टेलिकमले उच्च गतीको इन्टरनेट विस्तार गर्ने क्रममा ‘ब्रोडव्याण्ड इन्टरनेट’ वाइम्याक्सको सेवा ७५ वटै जिल्लामा पुर्‍याएको छ ।

यसअघि ७४ जिल्लामा मात्र रहेको यो सेवा कात्तिक ७ गतेदेखि हुम्लामा समेत पहुँच विस्तार गरेपछि वाइम्याक्सको सेवा सबै जिल्लामा पुगेको हो ।

टेलिकमले २०६९ चैत्र १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो ।

कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशः बाँकी अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको जनाएको छ ।

वाइम्याक्स प्रविधि हाल देशमा उपलब्ध इन्टरनेट सेवाहरुमध्ये आधुनिक फोरजी प्रविधिको सेवा हो ।


क्लिकमान्डु