फेसबुकमा सजिलै बन्छ शुभकामना कार्ड



tihar

तिहार आउन थोरै दिन मात्र बाँकी छ । यता फेसबुकमा तिहार को रमझम देखिने प्रोफाइल फोटो, कभर फोटो र शुभकामनाका पोस्टहरु देखिन थालिसकेका छन् । फेसबुकमा यस्ता कार्ड बनाउन फोटोसप वा अरू सफ्टवयरको सहायता जरूरी छैन् । सामान्य मेहनतमै बनाउन सकिन्छ शुभकामना कार्ड ।

आफ्नो फेसबुकलाई तिहारको शुभकामनाले रंग्याउने त ?

सर्बप्रथम आफ्नो प्रोफाइलमा जानुहोस् र स्न्यापसागा डटकममा जानुहोस् त्यहाँ पेजको बायापट्टिको सिरानमा ‘भ्यू अल फ्रेम’ अर्थात् सबै फ्रेम हेर्नुहोस् देख्नुहुने छ । भ्यू अल फ्रेममा क्लिक गरेपछी तपाईलाई मनपर्ने फ्रेम हरुको संकलनमा वेबसाइटले लैजाने छ । उपलब्ध फ्रेममध्ये आफुलाई मनपर्ने फ्रेम छनोट गर्नुहोस् । अहिलेको लागि खुलेको पेजको पहिलो फ्रेम ‘शुभ  दिपावली’ रोज्नुहोस ।

तपाईले रोजेको फ्रेममा क्लिक गरेपछि फोटोको पुछारमा ‘क्लिक हियर टु स्टार्ट’ लेखेको हरियो बटन देखिने छ । त्यस बटनलाई क्लिक गर्नुहोस् । पहिलोपटक स्न्यापसागा प्रयोग गर्दै गरेका प्रयोगकर्तालाई यो पेजमा जानु अगाडी यो एप्सको प्रयोग गर्न फेसबुकका सूचनाहरु जरुरी हुनेछ । बटन क्लिक गर्नेबितिकै पप-अपमा अर्को विन्डो ट्याब खुल्ने छ जसले प्रयोगकर्ताको फेसबुकको विवरण माग्ने छ । सिधै अर्को पेजमा जानु अघि प्रयोगकर्ताले सार्वजनिक प्रोफाइल र इमेल ठेगाना माग्ने छ । तर इमेल खुलाउन चहानुहुन्न भने एडिट अप्सनमा गएर इमेल लेखिएको बटनमा रहेको टिकमार्क हटाउनु पर्ने छ ।

त्यस पछि निलो बटनमा लेखिएको ‘कन्टिन्यु’ क्लिक गरेका आफ्नो तयार भएको तस्बिर हेर्न सकिने छ ।  यसको अन्त्यमा रहेको सेयर अन फेसबुकमार्फत तयार शुभकामना कार्डलाई सेयर गर्न सकिने छ ।


क्लिकमान्डु