सामसुङ नोट ७ साट्न एयरपोर्टमै बुथ सञ्चालन



cu_6i87umaaw2a2-jpg-large

सामुसुङले बिक्री भइसकेका ग्यालेक्सी नोट ७ फिर्ता गर्न धमाधम एयरपोर्टहरूमा बुथ स्थापना गर्न थालेको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले नोट ७ बोकेर यात्रा गर्न प्रतिबन्ध लगाए सँगै उसले यस्तो अभियान थालेको हो ।

सुरूमा दक्षिण कोरिया, अस्ट्रेलिया र अमेरिकाका एयरपोर्टमा यस्ता बुथ स्थापना भएका छन् । सामसङले बिज्ञप्ति जारी गर्दै अन्य स्मार्टफोन संग साटफेर वा केहि वा पुरा पैसा रिफण्ड दिने बताएको छ । यदि कोहि प्रयोगकर्ता विमानस्थलका बुथमा नोट ७ साट्न असमर्थ रहेमा सामसुङले प्रयोगकर्ताको आफ्नै देशमा समेत समन्वय गरेर साट्ने बताएको छ ।

साटफेर वा रिफण्डको सुबिधा दिन अस्ट्रेलियाको लागि सिड्नी, मेलबर्न, ब्रिस्बेन, क्यानबेरा, एडीले, पर्थ र गोल्ड कोस्ट विमानस्थलमा साटफेर पोइन्ट राखेको छ ।

साउथवेस्ट एयरलाइन्सको जहाजमा ग्यालेक्सी नोट ७ बाट धुवा निस्केपछि उसमाथिको प्रतिबन्ध थप कठोर बनेको थियो जसले सामसङलाई २५ मिलियन हेन्डसेटको बिक्रीमा रोक र बिक्री भएका सेटहरुको रिफण्ड वा एक्सचेन्जको निर्णयमा पुर्याएको थियो ।


क्लिकमान्डु