दुई चिनियाँ उडे अन्तरिक्षतिर, ३३ दिन उतै बिताउने



china_2

चीनले देशको इतिहाँसमै सबैभन्दा लामो समयका लागि आफ्ना दुई अन्तरिक्षयात्रीलाई स्पेस स्टेसनमा पठाएको छ । सोमबार बिहान चीनको उत्तरपश्चिममा पर्ने गोबी मरुभूमिबाट उडेको सेन्झोउ-११ अन्तरिक्षयान ३३ दिनको अन्तरिक्ष यात्रा पछि फर्किने छ ।

यात्राको कमान्ड गरेका छन् ५० वर्षिय जिङ हाइपे ले । उनले यस अगाडि नै २ सफल अन्तरिक्ष यात्रा पुरा गरेका थिए । उनको साथमा ३८ वर्षिय चेन डोङ पहिलोपटक यस्तो यात्रामा जाँदै छन् । स्पेस स्टेसनमा सँधै मान्छे राख्ने चीनको महत्वकांक्षी योजनाको सूरुवातको रूपमा यो लामो यात्रा तय भएको हो ।

सेन्झोउ-११ लाई अर्बिटमा गत महिना पठाएको चीनिया भु-उपग्रह टिङगोङ-२ सँग जोडेर राखिने छ । जुन पृथ्वीको सतहदेखि ३ सय ९३ किलोमिटर माथि रहेको समाचार संस्था सिनुवाले उल्लेख गरेको छ । यो मिसनको मुख्य काम भनेको स्पेस ल्याबको मर्मत संभारको अनुभव बटुल्ने हो । हंकङकका स्कुलले डिजाइन गरेका तीन परिक्षण पनि गर्ने यो मिसनको कार्यसूचिमा छ ।

३३ दिनको अवधीमा यी अन्तरिक्ष यात्रीले हप्तामा छ दिन र दिनको ८ घन्टा काम गर्ने समय समेत तोकिएको छ । यस अगाडि चीनले पठाएको मानवसहितको यान सन २०१३ मा १५ दिनसम्म अर्बिट स्टेसनमा बसेको थियो ।

भिडियो हेर्नुस्

 


क्लिकमान्डु