मन्त्रीपरिषदको बैठकमा एप्पल वाच प्रतिबन्धित!



बेलायत, अमेरिका र अष्ट्रेलियाले आफ्नो मन्त्रिपरिषदको बैठकमा स्मार्ट फोन बोकेर जान रोक लगाएकोमा पछिल्लो पटक एप्पल वाच पनि थपिएको छ ।

शितयुद्धको समाप्ती भएपनि रसियाले अहिले साइबर आक्रमणको रणनीति लिएर यि राष्ट्रको राजनीतिमा आक्रमण गर्ने सोच बनाएको जानकारी पाएपछि बैठकमा एप्पल वाचलाई पनि प्रतिबन्ध लगाएको हो ।

अमेरिकाको राष्ट्रपति चुनावमा राजनीतिक रणनीति थाहा पाउन रसियन गुप्तचरहरूले साइबर आक्रमण बनाउने सोच बनाएको अमेरिकाले सार्वजनिक गरेपछि उसका समर्थक राष्ट्रहरूले सुरक्षाको दृष्टिकोणले प्रतिबन्ध बढाएका हुन् ।

एप्पल वाचको माइक्रोफोन शक्तिशाली भएको र यसका प्रयोगकर्ताहरुको संख्या बढी भएको कारण रसियाका साइबर आक्रमणकारीहरुले यो वाच मार्फत् जानकारी लिन सजिलो ठानेका छन् । यि देशका राजनेताको कुनै पनि बैठकका सबै कुराहरु सुन्ने सम्भावना यो वाच मार्फत् बढेको कारण बेलायतले पनि प्रतिबन्ध लगाएको हो । साइबर आक्रमणकारीहरुसंग रसियाको जासुसी संस्था पनि लागेको अमेरिकाले आफ्ना मित्र राष्ट्रहरूलाई जानकारी गराएको हो ।

पछिल्लो पटक राजनीतिक रुपमा रसिया एक्लिदै गएपछि रसियाले साइबर आक्रमणको सोच बनाएको जानकारी अमेरिकाले पाएको छ । यो प्रतिबन्धमा अरु स्मार्टवाचहरु भने अहिले परेका छैनन् ।


क्लिकमान्डु