ट्रान्जिट एअरपोर्टमा हुनुहुन्छ? लिनुस् वाइफाइको पासवर्ड



wifi_airport

लामो ट्रान्जिटमा एअरपोर्टमा समय बिताउन सजिलो छैन् ।अझै साथमा गफ गर्ने साथी पनि छैन भने त दिक्कै बनिन्छ । यस्तो बेलाको साथी भनेकै इन्टरनेट हुन सक्छ । तर, आफुसँग भएको स्मार्टफोन, ल्यापटप वा नोटप्याडमा इन्टरनेट चलेन भने त्यो भन्दा दिक्क लाग्दो समय के होला?

प्राय एयरपोर्टले ट्रान्जिट प्यासेन्जर रहने क्षेत्रमा सित्तैमा वाइफाइको सुविधा राखेका हुन्छन् । तर युजरनेम र पासवर्ड पाइएन भने त्यो पनि काम भएन । अनिल पोलाट नामक एक जना ट्राभल ब्लगरले संसारभरका धेरै विमानस्थलको युजरनेम र पासवर्ड संकलन गरेका छन् । उनले ती पासवर्डहरू नियमित अपडेट पनि गर्छन् ।

गुगल म्यापमा पोलाटले बनाएको इन्टरएक्टिभ नक्साको अहिले लोकप्रियता बढेको छ ।प्रयोगकर्तालाई सजिलो होस् भनेर उनले गुगलको प्ले स्टोरमा फक्सनोम्याड नामक किन्न मिल्ने एपको पनि निर्माण गरेका छन् । यदी तपाईँ यात्रामा निस्कदै हुनुहुन्छ भने यात्रामा निस्कने विमानस्थलको ट्रान्जिटको युजर नेम र पासवर्ड पहिल्यै सेभ गरेर राख्नुभयो भने झन्झटमा पर्नुहुँदैन ।

इन्टरनेट युजर नेम र पासवर्ड भएको नक्सा सार्वजनिक भएपनि यसले सबै विमानस्थलहरुलाई समेट्न सकेको भने छैन । तर पोलाट विस्तार विमानस्थलहरू थप्दै जाने योजनामा छन् ।

गुगल म्यापमा नक्साको लिंक

https://www.google.com/maps/d/viewer?mid=1Z1dI8hoBZSJNWFx2xr_MMxSxSxY


क्लिकमान्डु