फेसबुकका ७ कुरा, तपाईँलाई ख्यालै नहोला



facebook_features
फेसबुक अहिले धेरैको प्रिय सामाजिक संजाल भएको छ । फेसबुक चलाउन तपाईलाई जति मज्जा र आनन्द आउछ त्यत्तिनै नयाँ विशेषता थप्दै जानेमा यसका डेभलपरहरू लागेका हुन्छन् । फेसबुकले तपाईलाई चलाउनका लागि धेरै किसिमका सुविधाहरू दिएको छ । तर कतिपय यी सुविधाहरूलाई तपाईले थाहा नै पाउनु भएको छैन वा थाहा पाएर पनि चलाउन चाहनु भएको छैन । यस्ता विशेषता जुन प्रयोग गर्नु भयो भने तपाईँले फेसबुकवाट अझ बढी फाइदा लिन सक्नुहुन्छ ।

१. लुकेको म्यासेज हेर्नुस्

फेसबुकमा तपाईलाई कसैले म्यासेज पठाएको छ भने तपाईको पेजको म्यासेज आइकनमा म्यासेजको संख्या आउछ । फेसबुकले तपाईलाई अवश्यक भएको म्यासेज मात्र देखाउछ बाँकी म्यासेजलाई फेसबुक आफैंले फिल्टर गर्छ । म्यासेजमा क्लिक गर्दा देखिने बक्सको छेउमै म्यासेज रिक्वेष्टलाई कहिले हेर्नु भएको छ ? यसमा पनि तपाईलाई आएकै म्यासेजहरू हुन्छन् । तपाईको फ्रेन्डलिस्टमा नभएका साथीहरुले पठाएका म्यासेजहरू यो सेक्सनमा आउछ । त्यसैले बेलाबेलामा हेर्नु भयो भने तपाईले राम्रो साथी पाउन पनि सक्नुहुन्छ । यसको लागि म्यासेज रिक्वेष्टमा गएर फिल्टर रिक्वेष्ट गर्नु भयो भने अपरिचितले पठाएको म्यासेज हेर्न सक्नुहुन्छ ।

२. एल्बम डाउनलोड गर्नुस्

पहिला फेसबुकमा एल्वम डाउनलोड गर्न झन्झटिलो थियो । अहिले आफ्ना संझना भएका एल्बमहरुलाई डाउनलोड गर्न मिल्छ । डाउनलोड गर्न चाहेको एल्बमलाई खोल्ने त्यसको कुनामा रहेको मेनुमा गएपछि डाउनलोड फोल्डर अप्सन आउछ । अनि डाउनलोड गर्नुहोस् ।

३. गेम रिक्वेष्टलाई कसरी ब्लक गर्ने?

फेसबुक धेरैले आफ्नो इच्छा अनुसार चलाइरहेका हुन्छन् । कोही च्याट, कोही स्ट्याटस, कोही फोटो त कोही गेम खेल्न रुचाउछन् । गेम खेल्नेहरुको खराव बानी के हुन्छ भने उनीहरु आफुले खेलेको गेमको रिक्वेष्ट कुनै पनि साथीलाई पठाउनु पनि हो । यसरी पठाएका गेम रिक्वेष्टका नोटिफिकेसनले धेरैलाई हैरान गरेको हुन्छ । यस्तो अवस्थामा फेसबुकको एप सेटिङमा गएर उक्त एपलाई ब्लक गरेपछि नोटिफिकेसन आउदैन । अर्को तरिका गेम रिक्वेष्ट नियमित पठाउने ब्यक्तिको एप रिक्वेष्टलाई ब्लक पनि गर्न सकिन्छ । अनि तपाईले आफ्नो इच्छा अनुसार फेसबुक चलाउन पाउने हुनु भयो ।

४. तपाइको एकाउन्ट अरूले त चलाएनन् ?

धेरैलाई आफ्नो फेसबुक एकाउन्ट महत्वपूर्ण हुन्छ भने कतिपयलाई गोप्य पनि हुन्छ । आफ्नो फेसबुक एकाउन्ट कसैले चलाउन लागेको थाहा पाउनु छ भने सेटिङमा जाने त्यहाँ सेक्युरिटीमा क्लिक गर्ने । त्यहाँ लगइन गर्दा नोटिफिकेसन आउने शिर्षकमा क्लिक गरेर नोटिफिकेसन आउने माध्यम फोन, इमेललाई छान्ने । यसो गर्दा तपाईको फेसबुक आईडी कसैले खोल्न लाग्यो कि तपाईँलाई जानकारी प्राप्त हुन्छ ।

५. एल्बम नै सेयर गरौ

फेसबुकमा एल्बम बनाएर राखेको फोटोलाई एक एक गरेर सेयर गर्नु झन्झटिलो हुन्छ । यस्तो अवस्थामा एल्बम नै सेयर गर्दा हेर्नेलाई पनि आनन्द आउँछ । एल्वमलाई तपाईँले फोटोमा ट्याग गरेको साथी देखि ग्रुप वा व्यक्तिगत रुपमा पनि सेयर गर्न सक्नुहुन्छ ।

६. मन नपरेकोसँग कुरै नगरौं

फेसबुकमा फ्रेन्डलिस्टमा भएका सबैसंग कुरा गर्नै पर्छ भन्ने हुदैंन । कतिपय साथीहरुले झर्को लगाउन सक्छन् । यस्ता साथीसँग कुरा गर्न चाहनु हुँदैन भने च्याटको अप्सनमा जानुस् त्यहाँ रहेको एडभान्स सेटिङ क्लिक गरेपछि आफुले नचाहेका साथीहरुलाई सधै अफलाइनमा रहेको देखाउन सक्नुहुन्छ ।

७. लाइक पेजलाई लुकाउनुस्

फेसबुकमा रहेका धेरै किसिमका पेजहरूलाई तपाईले लाइक गरेको हुनसक्नुहुन्छ । कतिपय पेजहरुले गर्दा तपाई अप्ठ्यारो पनि बनाउन सक्छ । यस्तो अवस्थाको सिर्जना हुन्छ भन्ने लाग्छ भने फेसबुकमा आफुले गरेको लाईक हेर्न https://www.facebook.com/(YourUsernameName)/likes  गरेपछि आफुले लाइक गरेको पेज खुल्छ । त्यहाँ पेन्सिल आकारको मेनेज ट्याव हुन्छ त्यहाँ गरेर आफुले मात्र हेर्न मिल्ने वा कुनै साथीले मात्र हेर्न मिल्ने वा कसैले हेर्न नमिल्ने बनाउन सकिन्छ ।


क्लिकमान्डु