मोबाइल किन्दा ७० प्रतिशतसम्म छुट!

0
Shares

mobiles

काठमाडौं । लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले  दशैंको अवसरमा मोबाइल किन्दा ७ देखि ७० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । घटस्थापनाको दिनदेखि महाअष्टमीसम्म एक साता यस्तो छुट लागू हुने कम्पनीले जनाएको छ ।

योजना अवधिमा प्रिमियम मोबाइल सेट खरिद गर्ने ग्राहकहरुले हरेक मोबाइलको खरिदमा अर्को मोबाइल सेट प्राप्त गर्नेछन् । यो अफर अन्तर्गत ह्वावे मेट ८, ह्वावे पी नाइन, सामसंग ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज, ग्यालेक्सी एस सिक्स तथा सिक्स एज, जियोनीको एस सिक्स एसको खरिदमा अर्को फिचर फोन निशुल्क प्राप्त गर्नेछन् ।

साधारण मोबाइको खरिदमा भने ग्राहकले पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम रु. ९०० देखि रु १ लाख ४० हजार सम्मको विभिन्न ब्राण्डका फोनहरु बिक्रीमा छन् ।

ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।