‘एनसेलको बिलिङमा गुनासो, एनटिसीको गुणस्तरमा’



Digambar Jha
तस्विर: राजन काफ्ले/क्लिकमाण्डु

टेलिफोन,  इन्टरनेट लगायत दूरसञ्चार सेवामा  सेवा प्रदायक कम्पनीलाई अनुमति दिने र गुणस्तर अनुगमन गर्ने निकाय हो नेपाल दुरसञ्चार प्राधिकरण । अधिकाशं मुलुकले प्रयोगमा ल्याइसकेको फोरजी सेवा नेपाल भित्राउने चर्चा हुन थालेको एक वर्ष भन्दा बढि भयो । आइतबार मात्र नेपाल टेलिकमले यसको लागि अनुमति पाएको छ । आउन लागेको फोरजी,  टेलिकम कम्पनीका अरू सेवा र गुणस्तरका बारेमा प्राधिकरणका अध्यक्ष दिगम्बर झा सँग क्लिकमाण्डुले गरेको कुराकानी ।

फोरजी आउँछ भनेर हल्ला भएको त वर्ष दिन भन्दा बढि भयो, के भइरहेको छ प्रगति?

फोरजीका लागि छुट्टाएको फ्रिकेन्सी नै प्रयोग गर्न त अझै केहि महिना कुर्नु पर्छ । यसको लागि छुट्टाएको ७ सय र २ हजार ६ सय मेगाहर्ज लिलाम बढाबढमा बिक्री हुने हो । यो प्रकृया पुस पछाडी मात्र सुरू हुन्छ ।

नेपाल टेलिकमले सञ्चालनको अनुमति पाइसक्यो होइन र?

हामीले आइतबार नेपाल टेलिकमलाई फोर जी सञ्चालनको लागि आवेदन स्वीकृत भएको पत्र पठाएका छौं । अब टेलिकमले फोर जी सुरू गर्न सक्छ । तर, अहिले नै प्रयोगमा आइरहेको १८ सय मेगाहर्ज फ्रिकेन्सी मार्फत नै गर्नु पर्छ । थ्रीजी प्रयोग भइराखेको यो फ्रिक्वेन्सीलाई टेक्नोलोजी न्युटल गराएर प्रयोगमा फोरजी चलाउने बाटो खोलिएको छ ।

एनसेल र स्मार्ट टेलिकमले पनि आवेदन दिएका थिए । किन एनटिसीलाई मात्र अनुमति दिनु भएको ? विभेद भएन?

हाम्रो उदेश्य सबै कम्पनीले सँगै सुरू गरून भन्ने हो । ब्यबहारिक पक्षलाई हेर्दा एनसेलले अनुमति पाए लगत्तै सेवा सुरू गर्न सक्छ । एनटिसी सरकारी कम्पनी भएकाले लामो प्रकृया पुरा गर्नु पर्छ । यसैले सुरूमा एनटिसीलाई अनुमति दिएर हामीले तयारी गर्ने समय दिएको हो ।

अर्को कुरा एनसेलसँग ११ मेगाहर्ज मात्र फ्रिकेन्सी छ । उसलाई थप फ्रिकेन्सी नदिइ सेवा सञ्चालन गर्न गाह्रो हुन्छ । पुरानो टुजी र थ्रिजी को सेवामा असर नपरोस भन्ने हामीले ठानेका छौं ।

थ्रीजी सेवा अहिले पनि सहर-बजार केन्द्रित छ । कति ठाउँमा त टुजीकै सेवा पुगेको छैन् । अनि सहर केन्द्रित गरेर नयाँ प्रविधि भित्रियो भनेर मात्र हुन्छ?

सेवा प्रदायक कम्पनीहरु व्यवसायिक हुन । उनीहरुलाई लगानी अनुसार मुनाफा भएन भने सेवा दिन सक्दैनन् । त्यसैले काम आम्दानी हुने ग्रामीण इलाकामा जान मान्दैनन् । जसले गर्दा स्तरीय सेवा सहर केन्द्रित भएका हुन् ।

उसो भए ग्रामीण क्षेत्रका उपभोक्ता कुरेर मात्रै बस्ने?

हामीले अप्टिकल फाइबर विस्तारको तयारी गरिरहेका छौं । छिट्टै देशभरका जिल्ला सदरमुकाम र गाँउ स्तरको स्थानीय निकायमा फाइबर सञ्जाल पुग्छ । हामीले ‘ब्याकबोन’ तयारी गरिदिएपछि सेवा दिने कम्पनीहरु सेवा विस्तार गर्न जानेछन् । जुनसुकै स्थानमा टावर खडा गर्न सक्छन् । यस्ता टावरका लागि हामी अनुदान पनि दिने पनि सोचिरहेका छौं ।

अहिले नै पनि टेलिफोन र इन्टरनेट सेवा दिने कम्पनीहरुबीच प्रतिस्पर्धा नभएकाले स्तरीय नपाएको ग्राहकहरुको गुनासो छ नि ?

प्रतिस्पर्धा नभएको चाहिँ होइन् । तर नेपाल टेलिकम सरकारी सेवा प्रदायक भएकाले निजीहरु बीच मात्र प्रतिस्पर्धा हुनु जरुरी छ । टेलिकम र एनसेल पछि तेस्रो प्रतिश्पर्धी अपरेटरका रुपमा कम्पनी भित्राउने प्रयास गरिएको हो । स्मार्ट टेलिकम प्रभावकारी नभएकाले नै युटिएललाई लाइसन्स  दिएका हौं ।

टेलिकम र एनसेल पछि तेस्रो प्रतिश्पर्धी अपरेटरका रुपमा कम्पनी भित्राउने प्रयास गरिएको हो । स्मार्ट टेलिकम प्रभावकारी नभएकाले नै युटिएललाई लाइसन्स  दिएका हौं ।

कतिपय कम्पनीले फ्रिकेन्सी मात्र ओगटेर बसेका हुन्?  

हामी राम्रो योजनासाथ काम नगर्ने कम्पनीको लाइसेन्स त रद्द गर्दैनौं तर फ्रिकेन्सी भने फिर्ता लिन सक्छौं । हामीले कमजोर कम्पनी मर्जमा लैजान प्रयास गरिरहेका छौं । यति धेरै कम्पनीले फ्रिकेन्सी ओगटेर बस्न हुँदैन ।

प्रतिश्पर्धाका लागि अर्को अन्तरराष्ट्रिय कम्पनी भित्राउने योजना चाहिँ के भो ?

यो हाम्रो योजना भित्रै पर्छ । यसमा दुईवटा कुरा छन् । पहिलो नेपाल टेलिकमले विदेशी पाटर्नर भित्राउनका लागि पनि काम भइरहेको छ । यदि त्यो भएन भने फोरजीका लागि सात सय र २६ सय फ्रिकेन्सीमा बढाबढ गरी विदेशीलाई आकर्षण गर्छौ ।

सेवाप्रदायक कम्पनीको राम्रो सेवा नभएको गुनासो सुनिन्छ । तपाइहरूले के गर्नु भएको छ?

मुख्य कम्पनीहरु मध्ये एनसेलमा विलिङमा समस्या भएको गुनासो बढि छ । मैले प्रयोग नै नगरेको रकम काटियो भन्ने खालको । एनटीसीमा सेवाको गुणस्तर बढि गुनासो छ । खासगरी एडिएसएल इन्टरनेटको एकदमै धेरै समस्या सुनिन्छ । भरखरै नियुक्त भएकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशकलेले सन्तुष्ट हुनेगरी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

मुख्य कम्पनीहरु मध्ये एनसेलमा विलिङमा समस्या भएको गुनासो बढि छ । मैले प्रयोग नै नगरेको रकम काटियो भन्ने खालको । एनटीसीमा सेवाको गुणस्तर बढि गुनासो छ ।


क्लिकमान्डु