जेडटिइको स्मार्टफोन किन्दा पावर बैंक अफर



zte_v7

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी जेडटिइले दशै तिहारलाई लक्षित गरेर नयाँ स्मार्टफोन खरिदमा पावर बैंक सित्तैमा दिने अफर ल्याएको छ ।

नेपाली बजारमा भरखरै सार्वजनिक गरिएको जेडटिइ ब्लेड भि ७ को लाइट भर्सनको खरिदमा यस्तो अफर ल्याइएको हो । बिक्रेता कम्पनी इभोलुसन इन्टरप्राइजेजका अनुसार यसको बजार मुल्य १८ हजार ९ सय ९० तोकिएको छ । सेट खरिद गर्दा ग्राहकले २ हजार २ सय पर्ने पावर बैंक पाउने छन् ।

२ जिबी र्‍याम भएको सेटमा १६ जिबी इन्टरनल स्टोरेज छ । माइक्रो एसडी २ सय ५६ जिबी सम्मको एक्टर्नल स्टोरेज प्रयोग गर्न सकिन्छ । मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ भने अगाडीको क्यामेरा ८ मेगापिक्सेलको ।


क्लिकमान्डु