कम्मर पेटीमै २४ थोक!



belt

टेक्सासको एक कम्पनीले यात्रामा निस्कनेहरूलाई लक्षित गरेर अनौठो किसिमको कम्मर पेटी (बेल्ट)को निर्माण गरेको छ । उक्त बेल्ट पाइन्ट खस्छ भनेर लगाउने साधन मात्र नभएर यात्राको औजार र विपद्मा बाँच्ने आधार समेत रहेको छ ।

किकस्टाटरवाट सार्वजनिक भएको नाइलनको यो बेल्टमा माछा मार्ने बल्छि देखि पानी शुद्ध गर्ने औषधिसम्म रहेको छ । यात्रामा निस्कँदा हराउने सम्भावनालाई मध्यनजर गरेर बेल्ट भित्र कम्पास, पानी बोक्ने फोल्डिङ बोटल, चक्कु, माछा मार्ने बल्छि, डोरी , सानो टर्चलाइट, सियो, सिठि्ठ, टेप, ब्याण्डेज, डोरी आदि रहेको छ ।

वाजु सर्भाइबलले उत्पादन गरेको यो बेल्टले स्विस नाइफको एकाधिकारलाई तोड्ने छाटकाट यसको अगि्रम बिक्रिलाई हेर्दा नै अनुमान गर्न थालिएको छ । किकस्टाटरले निश्चित रकम संकलन गर्न अगि्रम बिक्रि खुला गर्दा आफ्नो लक्ष्य अनुसारको रकम संकलन गरेको थियो । कम्पनीले यस्तो किसिमको बेल्ट निर्माणको परिकल्पना सन् २०१४ मा राखेको थियो । विभिन्न पदयात्रुहरूमा परिक्षण गरेरपछि यसको वास्तविक ढाँचा आएको जनाएको छ । सन् २०१७ देखि सर्वसाधारणलाई बिक्री खुला गरिने यो बेल्टको मुल्य २० डलर अर्थात् २२ सय रुपैंया तोकिएको छ ।

belt_gif


क्लिकमान्डु