अफलाइनमा भिडियो हेर्न मिल्ने युट्युब गो



youtube-go

युट्युबले आफ्नो साईटमा रहेका भिडियोहरूलाई बढी भन्दा बढी सेयर होस् र डाटाको चिन्ता गर्नु पर्ने भ्युअर्सहरूलाई सजिलो होस् भनेर ‘युट्युव गो’ एपलाई ल्याउने तरखर गरिरहेको छ ।

अहिले भारतीय युजरहरूलाई परिक्षणको रुपमा प्रयोग गर्न ल्याइने यो एप पछि बिस्तारै अन्य मुलुकहरूमा पनि दिइने युट्युवले जनाएको छ । इन्टरनेटको कम कनेन्टिभिटि हुने देशलाई उपयुक्त मानिएको यो एप अहिले भारतमा परिक्षणको रुपमा संचालनमा आउन लागेको हो ।

यो एप मार्फत् प्रयोगकर्ताले भिडियोलाई इन्टरनेट कनेन्सन भएको बेलामा क्वालिटि अनुसार सेभ गरेर अफ लाइन भएको बेला हेर्न र सेयर समेत गर्न सक्नेछन् । यस अघि पनि युट्युवले भारतीय प्रयोगकर्ताहरूलाई नै लक्षित गरेर अफलाइन भिडियो हेर्न मिल्ने सुविधा ल्याएको थियो । अहिले अफलाइनमा गर्न मिल्ने फिचरहरू समावेश रहेको यो एपमा भारतिय प्रयोगकर्ताहरूले साइनअप गर्न पाउने सुविधा राखेपनि यो एप कहिले देखि अन्य मुलुकमा सार्वजनिक हुने भन्ने कुरा खुलाइएको छैन ।


क्लिकमान्डु